फेसबुकले फेरियो मानबहादुर दमाईको परिवारको जीवन

रुकुम , २ साउन ,विभेद बिरुद्ध अभियान -सामाजिक सञ्जाल फेसबुक मार्फत गरिएको एक अपिल मार्फत जम्मा भएको रकमले रुकुमको एक बेसाहारा परिवारले जग्गा खरिद गरिएको छ ।
रुकुम मुरुका मानबहादुर दमाईको मृत्यु पछि उनको परिवारले खेपेको पिडा सहितको फोटो रुकुममा स्थानिय विकास अधिकारी भरतकुमार शर्माले आफ्नो फेसबुकमा पोष्ट गरि अपिल गरेपछि यसरी रकम जम्मा भएको हो ।  स्थानीय भिमबहादुर डाँगीको सहयोगमा जिल्ला विकास समितीको कार्यालयमा पुगेकी पवित्राले आफ्नो बेदना सुनाइन् ।
पीडितको कुरा सुनेर रुकुमका स्थानीय विकास अधिकारी शर्माले फेसबुक मार्फत बेसाहारा परिवारलाई सहयोग गर्न देश तथा बिदेशमा रहेका सहयोगी मनहरुमा अनुरोध गरेका थिए ।
दमाइको यहि बैशाख महिनामा भिर बाट लडेर मृत्यु भएपछि उनको साहारामा रहेको ५ जनाको परिवारमा विचल्ली भएको थियो । एक टुक्रा पनि जमिन समेत नभएको उनको परिवारमा कमाई गर्ने परिवारको मुलिको मृत्यु भएपछि निकै समस्यामा परेका थिए । श्रीमानको मृत्यु पछि छोराछोरी र आफनो पेट पाल्न धौधौ भएपछि श्रीमती पवित्रा दिनभर अर्काको काम गर्ने गरेकी छिन भने एउटा छाप्रोमा बस्दै आएकी छिन ।
फेसबुक हेरेर लायन्स क्लव अफ रुकुम राप्ती र लायन्स क्लव अफ रुकुम मुसिकोटले केही राहत सामग्री वितरण गरेको थियो । उक्त सामाग्रीले बेसाहारा परिवारलाई केही समय सम्म खानलाई राहत भएको भएपनि बस्ने समस्याले सताएको थियो । रोजगारको शिलशिलमा मकाउ पुगेका खलंगा ५, रुकुमका घनश्याम खड्का, छिवाङका भरत केसी र खलंगाका ओम खड्का पनि फेसबुकमा उक्त कुरा पढेपछि सहयोग जुटाउने अभियानमा लागे ।
छाटो समयमा उनीहरुले १ लाख २० हजार रुपैयाँ संकलन गरि रुकुम पठाए । जस अनुसार सबैको सल्लाहमा गाउँमै पीडित परिवारलाई ४ सय ९० बर्ग मिटर जग्गा खरिद गरि लालपुर्जा प्रदान गरिएको हो । स्थानीय विकास अधिकारीको कार्यकक्षमा आर्थिक संकलन अभियानमा लागेका धनश्यामका बुवा पुर्णसिंह खड्का र ओमका बुवा चिन्ताराम खड्काले सामुहिक रुपमा पवित्रालाई लालपुर्जा हस्तान्तरण गरे । हातमा जग्गाको लालपुर्जा पाएपछि खुसिले खुसि ब्यक्त गर्दै अव यहि जग्गामा फलेको अन्नले छोराछोरीको पेट पाल्न संघर्ष गर्ने बताईन । 

No comments:

Post a Comment