सानाे जात र गरिब भन्दै हेला गर्न थालेपछि १७ बर्षीय युवकले आत्महत्या रोजे

२७  असार, विभेद बिरुद्ध अभियान तेज बन / इटहरी –  नेपाली समाजमा जातिय भेदभाव हटिसकेकाे सरकारले दाबि गर्दै अाएपनि पूर्वकै केन्द्र इटहरीमा भने एक जातिय बिभेदले निम्त्याएकाे  उराठलाग्दाे घटना सार्वजनिक भएकाे छ । घटना इटहरी उपमहानगरपालिका १९ पकली स्थित कान्छिचाैकमा बसाेबास गर्ने एक दलित परिवारकाे हाे ।इटहरी १९ पकली कान्छिचाैक निवासी १७ बर्षीय युवक बुधराज गहतराजले समाजमा रहदा सानाे जात र गरिब भन्दै हेला गर्न थालेपछि अन्तत अात्महत्या राेजेका छन । उनले दुर्इ पन्ना लामाे सुसाइट नाेट लेख्दै अात्महत्याकाे बाटाे राेजेका हुन ।
सुनसरीकाे खनार स्थित रिलायन्स स्पिनिङ मिलमा मज्दुर रहेकाे गहतराज त्यहा काम गर्दा अर्कैकाे जन्मदर्ता प्रयाेग गरी कार्यरत रहेकाे र पछि बास्तविक थहापाएपछि गाउले लगायत अन्यले जातिय बिभेद सुरू गरेकाे उनले अात्महत्या गर्नुअघि लेखिएकाे सुसाइट नाेटले उल्लेख गरेकाे छ ।
सुसाइट नाेटमा गहतराजले समाजमा धनिमनि र ठुलाबडाकाेमात्र इज्जत हुदाे रहेछ हामि सानाे जात र गरिबकाे केहि हुदैन रहेछ भनि उल्लेख गरेका छन । साथै उन्ले अाफुले अात्महत्या गर्नुमा कसैकाे दाेष नरेकाे समेत उल्लेख गरेका छन ।उनले समाजमा रहदा अाफुलार्इ सानाे जात भनि हेला गरेकाे जुन अाफुले सहन नसकेकाे उल्लेख गर्दै अर्काे जन्ममा  यहि परिवारमा जन्म लिन पाउ लेखेका छन ।  केहि बर्ष अघि श्रिमानकाे मृत्यु पश्चात साथमा रहेकाे एउटै छाेराेपनि गुमाउदा गहतराजकी ५८ बर्षीयाअामा असारी गहतराज बास्तवमै बेसहारा बनेकी छिन ।

सानाे छदा अार्थिक स्थिती कमजाेर रहेकै कारण बुधराजकाे जन्मदर्ता बनाउन नसकिएकाे जसकाे कारण अाज याे दिन अाइपरेकाे घरका परिवारहरू बताउछन । यता स्थानियवासीहरूका अनुसार  बुधराज साह्रै सहनसिल र मायालु स्वभावकाे रहेकाे तर अाफ्नाे बास्तविक थर कसैलार्इ नभनेकाे बताए ।
जेठाे छाेराे श्रवण कुमार गहतराज ६६ सालदेखि बेपत्ता बनेकाे अहिले सम्म जिउदाे या मरेकाे छ थहा छैन  साथमा रहेकाे एउटा छाेरा पनि जातिय बिभेदले खाइदियाे ५८ वर्षीया अामा असारी गहतराज अाखाभरी अासु बनाउदै बताउनुहुन्छ । भएकाे त्यहि सहारा पनि जातिय बिभेदले लगिदियाे अब म कसकाे सहारामा बाच्ने गहतराज रूदै भन्नुहुन्छ ।
नेपाल सरकारले मुलुकमा जातिय बिभेदकाे अन्त्य भैसकेकाे दाबी गरेपनि कानुन फितलाे हुदा त्यसकाे सिकार मेराे छाेरा बनेकाे अामा असारी गहतराज भन्नुहुन्छ । जातिय भेदभाव गर्ने बिरूद्ध कडा कानुन लागु गर्नुपर्नेमा उहाले जाेड दिदै अाफ्नाे परिवारमा जे घटना भयाे त्याे अरू कसैकाेमा नहाेस भन्ने कामना गर्नुभयाे  ।मृतक गहतराजले गत चैत्र १२ गते अाफ्नै डेरामा झुण्डिएर अात्महत्या गरेका थिए । २ बजे काेठामा पसेका गहतराजकाे साेहि दिन ४ बजे काेठामा झुन्डिरहेकाे अवस्थामा शव भेटिएकाे थियाे ।
मृतक गहतराजले लेखेकाे सुसाइट नाेट –
जातिय बिभेदले निम्त्याएकाे  उराठलाग्दाे यो घटना केहि महिना अघिको भए पनि पाठकहरुलाई अध्यन र जानकारी को लागि राखेको अवगत गराउछु -एडमिन 

No comments:

Post a Comment