जातीय छुवाछुत गरेको कसुरमा तीस हजार क्षतिपूर्तिको फैसला

विभेद बिरुद्ध अभियान , ३१  असार ।  जातीय छुवाछुत गरेको कसुरमा जिल्ला अदालत सिरहाले धनगढी गाविस-३ का ३२ वर्षीय जयकुमार महतोसोही ठाउँका ३० वर्षीय पवनकुमार महतो२५ वर्षीय रञ्जित महतो२८ वर्षीया सुनिता महतो५५ वर्षीय जलेश्वर महतो र ४० वर्षीय रामनारायण महतोलाई जनही तीन हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले असार २९ गते सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले बताए । फैसलामा तीस हजार रुपियाँ पीडितलाई उपलब्ध गराउन समेत भनिएको छ ।धनगढी गाविस-३ की ५५ वर्षीया प्रमिला मल्लिकलाई ०७२ साउन २० गते आरोपीतहरूले इनार छोएर अशुद्ध पारी पानी पिउन नदिएको भन्दै कुटपिट गरेका थिए । सो आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा असोज १३ गते उजुरी दिएकी थिइन् ।

पीडितका अनुसार २००७ सालदेखि नै बसोबास गर्दै आएकोमा हालसम्म पनि सार्वजनिक इनारबाट पानी भरेर खान नदिएकोपानी चाहिएमा गैरदलितहरूलाई हारगुहार गर्नुपर्नेबाँसका सामाग्रीहरू दिएमात्र उनीहरूले पिउने पानी दिने गरेका थिए । सरकारी अधिकारीको पहलमा पीडित पक्षले इनारको पानी प्रयोग गरेपछि आरोपित पक्षले गालीबेइज्जत र कुटपिट गरेको थियो ।

No comments:

Post a Comment