सुद्दीकरण त आफै भित्र बाट सुरु हुनुपर्ने होईन र ? - दुर्गा पंगेनी

२४ असार- विभेद बिरुद्ध अभियान - दलित हरुले छुवाछुतको मुद्दा उठाउदा जहिलेपनि कथित 'छुत' भनिएका हरुले आफुहरुलाई 'अछुत' बनाए भन्छन। सयौं वर्ष देखी मन्दिरमा पस्न नपाउनु । बाहुन हरुको भान्छा सम्म सहज पहुच नपाउनु मात्रले दलित हरुको मनमा गहिरो कुण्ठा जन्माईदिएको छ । तर दलित हरु दलित भित्रै छुवाछुतको विकराल समस्या रहिआएको मा चुईक्क सम्म बोल्दैनन। 
॰॰॰॰॰॰
मेरो गाउमा स्वरेकको परियार(दमाई) ले छोएको पेखु को चर्मकार(सार्की)ले खादैन । पेखुको चर्मकारले छोएको पिर्तिपका विश्वकर्मा(कामी या सुनार) हरुले खादैनन। त्यो भन्दा तल 'वादी' जातीको स्थान आउछ ।माथी उल्येखीत तिनवटै जात ले वादी जातीले छोएको खानुको कुरै नगरम पिंढीमा टेक्न सम्म दिदैनन...!! अव यहा म के कुरा बुझ्दिन भने आफुभित्रै रहेको छुवाछुत सम्वन्धी विकराल स्वरुप लाई नजरअन्दाज गर्ने दलित अगुवा हरुले 'छुवाछुत सम्वन्धी सम्पुर्ण आक्रोश' किन बाहुन क्षत्री हरु माथी मात्रै पोख्छन ? सुद्दीकरण त आफै भित्र बाट सुरु हुनुपर्ने होईन र?
॰॰॰॰॰
मेरो माथी उल्येखीत विचार संग सहमत हुदै विक्रम वश्याल लेख्छन ~ बाहुन हरुलाई जती गाली गरे पनि चुपचाप सहन्छन ।बोलीमा होईन ब्यबहारमा बिस्वास गर्छन बाहुन हरुले। अब कुरा रहयो सुद्धिकरणको यो ज़माना भनेको विज्ञापनको ज़माना हो बाहुँनलाई न्वारन देखीको बल लगाएर गाली ज़स्ले गर्न सक़्यो उसैको मार्केट हाई हुनेहो अहिले किनकी बाहुँनलाइ जती गाली गरेपनि त्यसको प्रतिवाद  गर्दैनन बाहुन हरुले । सुन्छ चुपचाप केही जवाफ फ़र्काउदैन । दलित भित्रको जून किसिमको द्वन्द छ त्यों बाहिर नीक़ाल्यो भने क़सले पत्याऊछ र दिन्छ हरियो डलर ? त्यसैले म भन्छु यो दलित सब्द आफ़ैमा दलित छ।
॰॰॰॰
विक्रमको भनाई पछी मेरो मनमा अचानक यो कुरा पलाउछ की आखीर दलित हरु आफै बाहुनको आँगनको डिल कटेर अगाडी जादैनन। त्यसमा उनिहरुको श्रद्दा र विश्वास पनि छ। तर म आफु त छुवाछुत मान्दिन। मेरो खेतमा कामगर्ने हाम्रा काल्दाई (हली)को खाजा म खाईदिन्छु तर उनि भन्छन~ विष्ट तिम्ले त खाउ तर मैले छोएको तिम्रा बा लाई ख्वाउन हुन्न मलाई पाप लाग्छ । उनि अाफै पाप संग डराउछन त्यो परम्परा हो । मैले मान्छु तपाई हरुको पुष्ताले मानोस या नमानोस मलाई मतलव भएन भन्छन । अव म काल्दाईको आत्मसम्मान मा चोट कसरी पुर्याउँ? कसरी बोलाम भान्छा मा !!!
॰॰॰॰
समाज परिवर्तन हुदै गईरहेको छ। मन मिलेका जोडी हरु ले छुत या अछुतको पर्वाह नगरी विहे पनि गरिरहेछन तर 'वाहुन-दलित' वैवाहिक संबन्धले मात्र छुवाछुतमा परिवर्तन आउने हो र ? खोई 'विश्वकर्मा ~ परियार' या 'चर्मकार~बादी' विहे हुन सकेको? भै हालेको भएपनि खै उदाहरणीय बनेको ? यहा मान्छे हरु विहे पनि चर्चाको लागी पो गर्छन क्याहो जस्तो लागीरहेछ ! मन मा हजार पछुतो बोकेर। यो कुरा लेखीरहदा मैले हाम्रो गाउकी एकजना पंगेनी बैनी लाई संझीरहेछु जस्ले आफ्नो नामको पछाडी गर्वका साथ विश्वकर्मा लेख्छीन।
॰॰॰॰॰॰
बाहुनी केटी भगाएर विहे गर्दा पौरख गरेको ठान्नुहुन्छ दलित साथीहरु तर कोही विश्वकर्मा वर्गको दलित साथीले परियार वर्गकी छोरी विहे किन गर्नुहुन्न त भन्दा दमिनी केटी ल्यायो भनेर उहालाई आफ्नै घरमा छिर्न दिदैनन बुढा हरुले ~ !! त्यता तिर आँखा चिम्लन हुदैन । सबैभन्दा पहिला परिवर्तन आफु र आफ्नो घर बाट सुरु गर्नुपर्छ तव मात्र समग्र समाज को परिवर्तन सम्भव छ।
॰॰॰॰॰॰
माथी को भनाई पढेपछी जिवन गोतामे थप्छन~ कतिपय अवस्था हरु भोगाई र वास्तिकतामा आधारीत हुन्छन जुन कुरा महशुस गर्नका लागि भोग्नै पर्ने हुन्छ ।
एउटा कामीको बच्चालाई कामीको छाउरो यता नआ भनेर धपाउदा उस्ले के महशुस गर्छ त्यो हामीलाई थाहा छ , एउटा दमाइलाई मन्दिर जादा गलत्याएर निकाल्दा के हुन्छ त्यो हाम्रो भोगाइले बताउछ , पानीको धारो छोएको निहुमा मान्छे मारिदा के हुन्छ हामीलाई राम्रै संग थाहा छ ।
॰॰॰॰॰॰
जिवन अझ अगाडी थप्छन ~ कृपया सक्नुहुन्छ र तपाइ भित्र पण्डीतहरुले दानवता भरिदीएका छैनन भने समानताको यो अभियानमा साथ दिनुहोस।अन्यथा हासोमा उडाउने काम नगर्नुस । अर्काको पिडा संग मजाक उडाउने अधिकार तपाइलाई छैन।दलित का कमिकम्जोरी लाई लिएर उहीँ परानै रुढीबादी तिर धकलिने कि समाज लाई परिबर्तन को मुख देखाउने हो?
॰॰॰॰॰॰
जिवन गोतामे को यो आक्रोस पनि जायज छ तसर्थ मलाई थप्न मन लाग्यो जिवन जी ! बाहुनी वुहारी भित्र्याउदा वरावरी हुने आन्दोलनमा ईट्टा थपिएको महसुस गर्ने दलित समुदायले दलित दलित विचमा विभेद गर्न हुदैन भन्ने मुख्य आशय हो! दलित हरुमाथी पाशविक ब्यवहार गर्नु निन्दनिय छ । दलित भएकै कारण हेपिनु अथमा च्यापीनु कुनै अर्थमा मनासिव हो भन्न खोजीएको हैन तर यौटा विस्वकर्मा ले बाहुन समुदायमा विहे गरेर बाहुनको बराबर हुनलाई प्रयास गर्छ भने दलित भित्रैको विभेद हटाउन अर्को चर्मकार या गोतामे ते परियार समुदाय या बादी समुदायमा विहे गर्ने कुरामा दलीत समुदाय नै अनुदार कीन? फेरी यो समस्या दलितको मात्र होईन बाहुन हरुमा पनि छ उपाध्साय जैसी को नाममा बर्ग विभाजन छ । क्षत्री मा पनि छ खस र खान्दानी गरेर । उखेल्ने नै हो भने आफै बाट सुरु गरौं भनेको मात्र हो चित्त नदुखाउनुस ।
॰॰॰॰॰॰
मेरो सकारात्मक आशय पछी जिवन गोतामे लेख्छन ~बाहुन समुदाय को छोरी वा अन्तरजातीय विवाह गरेर छुवाछूत को अन्त्य गर्न खोजिएको होइन । त्यो त केबल प्रेमलाई निरन्तरता दिनको लागि प्रेमी प्रेमिका ले अपनाएका बाटो  मात्र  हो।कमिकम्जोरी सबै आफ्ना आफ्नै जात, जाती मा छ।पहिला मान्दै आएको सस्कार नै कुसंस्कार थियो त्यसैले सबै मिलि यसको समुल अन्तय गर्नु जरुरी हो भन्ने मरो धारणा हो।चित्त दुखाउने कुरै भएन । मेरो जात मेरो पहिचान हो।मान्छे अवस्य पनि दलित होईन मान्छे मा हुने कुविचार नै दलित हुन् ।
॰॰॰॰॰
सुरुमा समुदाय विशेष लाई काम या रोजगारी बाडफाड गरिएको थियो कालान्तरमा त्यही काम जातिय पहिचान भएको हो जिवन जी। अहीले पनि मन्त्रालयको सचिव र गाविसको सचिव को जात मिलेपनि वर्ग मिल्दैन त्यहा पनि छ विभेद। मैले भन्न खोजेको गाविसको सचिवको छोरी लाई मन्त्रालयको सचिवको छोराले विहे गर्दैन किनकी त्यहा हैसीयतले बाधा उत्पन्न गर्छ ।हो त्यै हो वर्गीयता। कुनै न कुनै रुपमा हाम्रो समाजमा यस्ता विभेद हरु नया नया रुपमा रहिरहनेछन । 
॰॰॰॰॰॰
समाज अशीक्षित रहदा सम्म को कुरा अलग्गै थियो अहिले दलित समुदायका साथीहरु निकै शिक्षीत हुदै जानुभाछ तर पनि उहाहरु आफुभन्दा माथील्लो जाती संग बराबरी गर्न सक्नु लाई सामाजीक परिवर्तन मान्नुहुन्छ। आफु भन्दा तल रहेका आफ्नै वर्गको अपमान गरिरहनुहुन्छ । 
॰॰॰॰॰॰
यौटा जातीको मान्छे ले गोरु पिट्दा अर्को जातीको नाम लिएर पिट्छ । जस्तो की विस्वकर्मा (कामी) जाती ले गोरु संग रिस उठ्दा तलाई सार्कीले खानुपर्ने भनेर गाली गरेको र आफुभन्दा तल्लो जाती लाई हेयको दृष्टी ले हेर्ने गरेको पाईन्छ। पहिला हामी समुदायगत रुपमा बराबर हौं भनेर सम्पुर्ण दलित हरु एक नभएसम्म आफुभन्दा माथील्लो र सम्पन्न वर्ग संग लड्न सकीन्न। तसर्थ दलित दलित विचको बर्ग विभेद पहिला हटाउनु पर्छ तव मात्र छुवाछुत सम्वन्धी आन्दोलन ले कुनै दिशा लिन सक्छ । नत्र बाहुन दलित विचको टकराव त सकीएला तर दलित दलित विचको विभेद जस्ताको तस्तै रहनेछ।

No comments:

Post a Comment