अन्तर्जातीय विवाहका कारण १८ वर्षीय मिजारको हत्या भएको आशंका

भरत पाण्डेय-विभेद बिरुद अभियान -  २ साउन । आफूलाई मन परेको केटा र केटी मिलेर बिबाह गर्ने धेरै जोडीका सुखी र खुसी जीवन जीउने सपना साँचेका हुन्छन् । अझ जुनी जुनी संगै जीउने संगै मर्ने कसम खाएका हुन्छन । तर यसरी जुनी जुनी संगै बाँच्ने कसम खाएका एक यूवालाई विवाह गरेको एकसाता नवित्दै प्रेमीका संग छुटाएर हत्या गरीएको छ ।
कसरी भयो घटना
घटना हो काभ्रे पाँचखाल नगरपालीका ६, होक्सेको । स्थानीय सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अजित मिजारले गएको असार २५ गते संगै पढ्ने पराजुली थरकी यूवतिसंग प्रेम बिबाह गरेका थिए । बिबाहको पर्सिपल्ट यूवतिले आफनो परीवारलाई फोन गरेर आफूले बिबाह गरीसकेको जानकारी गराईन् । तर त्यही जानकारी नै उनको बिछोड बन्न पुग्यो । आफूले माया गरेको मान्छेसंग प्रेम विछोड त भयो नै, उसको जीवन समेत सधैका लागि समाप्त भयो ।
‘२५ गते उनीहरु भागेपछि २७ गते केटीले नै घरमा आत्तिए होलान भनेर मैले यस्तो व्यक्तिसंग बिबाह गरे भनेर भनिछन्’ दलित महिला संघ काभ्रेकी अध्यक्ष मैया रोक्काले भनिन् ‘त्यसपछि प्रहरीमा उजुरी गरेर उमेर नपुगेको भन्दै सम्बन्ध छुटाउनेदेखि हत्या गर्नेसम्मको घटना भयो ।’
फोनमा केटीपक्षको लास गायव पार्ने धम्की
पराजुली परीवारले प्रहरीमा उजुरी गरेपछि २७ गते नै प्रहरीले उनीहरुलाई पक्राउ गरी उमेर नपुगेको कारण देखाएर मिलापत्र कागजका आधारमा २८ गते सम्बन्ध विच्छेद गरायो । २९ गते पराजुलीले मिजारलाई फोन गरेर आफूलाई थुनेर राखेको र भागेर आउने भन्दै नआत्तिन जानकारी गराईन । त्यसको केहीबेरमै धम्की दिने र अपहरण गरी हत्या गरेको आरोप उनका आफन्तले लगाएका छन् । ‘प्रहरीबाट फर्केको भोलिपल्ट केटीले फोन गरेर मलाई थुनेर राखेका छन्, भाग्न पाएँभने घरमै आउँछु नआत्तिनुस भनेर फोन गरीन’ एक आफन्तले भने ‘तर केहीबेर पछि फेरी अर्को फोन आयो, तैले अझै फोन गर्न छाडेको छैनस ? फोन गर्न छाडेनस भने तँलाई मारेर लास गायव पारीदिन्छु भनेर ।’
आशामा बसेका अजित एकाएक गायव
धम्की आएपनि आफ्नी प्रेमिका आउने आशामा उनी खुसी नै भएर बसेको परीवारको भनाई छ । छोरा खुसी भएर बसेको देखेपछि परीवारका अरु सदस्य बारीमा गए । तर फर्केर आउँदा छोरा थिएन । मोवाईल पनि घरमै छाडेकोले एकैछिन साथीकोमा गएको होला भनेर पर्खे तर साँझसम्म नपर्खेपछि भने खोजबिन शुरु गरे । ‘साथीकोमा दुःख सुखका कुरा गर्न गएको होला भनेर दिनभरी खोजीएन रातीसम्म नआएपछि खोज्दा कतै भेटिएन’ ति आफन्तले भने ।
डरले प्रहरीकहाँ पुगेन परिवार
दलित महिला संघकी अध्यक्ष मैया रोकाका अनुसार केटीपक्षको डरका कारण उनीहरु प्रहरीकहाँ पनि समयमै जान सकेनन् । ‘वरीपरी छिमेरी र आफन्तकहाँ खोज्नुभएछ तर प्रहरी र हामीलाई डरले जानकारी सम्म दिनुभएन’ उनले भनिन् ‘हिँजोमात्र मैले थाहा पाएर प्रहरीमा उजुरी दिनुस भनेपनि हिँजो बिदा भएकोले आज जानकारी गराउँदा मृत्यू भैसकेको खवर आयो ।’
बिहान प्रहरीमा उजुरी गराएपछि कतै गएको छोरा आउला भन्ने आश बुवालाई थियो तर प्रहरीकहाँ पुगेर सबै कुरा जानकारी गराउन नपाउँदै उनको छोरा जस्तै हुलिया भएको यूवक धादिङ्गको गजुरीमा मृत्यू भएको जानकारी भएपछि भने उनले पत्याउनै सकेनन । त्यसपछि आफन्तलाई खवर गरेर गजुरी पुगेका उनलाई त्यतिबेला सम्म आफ्नो छोरा मरेको जस्तो लागेको थिएन, जतिबेला सम्म उनले गाडीसकेको लास निकालेर आफ्नै छोराको लास देखेनन् ।
राष्ट्रिय दलित आयोगमा उजुरी 
अन्तर्जातीय विवाहका कारण एक युवकको हत्या भएको भन्दै राष्ट्रिय दलित आयोगमा उजुरी परेको छ। छोरा बेपत्ता भएपछि अभिभावक हरिभक्त ढकाल मिजार र आमा काली मिजारले उजुरी दिएपछि धादिङमा शव गाडिएको पत्ता लागेको थियो। त्यसपछि अभिभावक तथा स्थानीय दलित नागरिक समाज धादिङ पुगेको राष्ट्रिय दलित आयोगका सदस्यसचिव सीताराम घलेले बताए। 
शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौंमा
'प्रहरीले झुन्डिएको विवरण दिए पनि शवमा झुन्डिएको र पोस्टमार्टम गरेको आधार देखिएको छैन। दलित अधिकारकर्मिको पहलमा शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं ल्याइएको छ भने  घटनाबारे राष्ट्रिय दलित आयोगले अनुसन्धान गरिरहेको घलेले जानकारी दिए। विवाहलगत्तै केटी पक्षबाट मिजारलाई धम्की आइरहेको हुनाले घटनाको अनुसन्धान हुनुपर्ने घलेले बताए।

No comments:

Post a Comment