दलितले बाहुनीकी छोरी विवाह गर्यो भनी हत्या गर्नेलाई कडा कारवाहीको माग

मिजारको हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दै मृतकका बुबा हरिभक्त ढकाल मिजार र आफन्तहरु । 
विभेद बिरुद्ध अभियान, साउन ६ -  अन्तरजातीय विवाह गरेका काभ्रे, होक्से वडा नम्बर–३ का अजित ढकाल मिजारको शंकास्पद मृत्युमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न राष्ट्रिय दलित आयोगले सरकारसँग माग गरेको छ ।आयोगले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी भर्खरै एसएलसी सकेर बसेका अजित ढकाल मिजारको शव गत असार ३० गते धादिङको गजुरीमा भेटिएको र उनको मृत्यु शंकास्पद देखिएको भन्दै छानबिनको माग गरेको हो ।
गजुरीमा झुन्डिएको अवस्थामा मिजारको शव भेटिएको थियो ।रिपोर्टर्स क्लब नेपालमा बुधबार आयोजित कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता यादव प्रसाद कोईरालाले अन्तरजातीय विवाह गर्दा मारिएका भनिएका मिजारको घटना छानविन गर्न मन्त्रालयले समितिसमेत बनाइसकेको र शवलाई पुनः पोष्टमार्टम्स समेत गरिसकेकाले सोही रिपोर्टको आधारमा दोशीलाई कडाभन्दा कडा कारवाही गरिने प्रतिवद्धता जनाए ।

मृतक ढकालले कल्पना पराजुलीसँग असार २५ गते प्रेमविवाह गरेका थिए ।त्यसैको दुई दिनपछि प्रहरीले विवाहको उमेर नपुगेको कारण देखाइ दुबैजनालाई परिवारको जिम्मा लगाइदिएको थियो ।स्थानीय कल्पना पराजुलीको परिवारले छोराको हत्या गरेको हरिभक्तको आरोप छ। उनका अनुसार कल्पना र अजित स्थानीय सर्वमंगल उच्चमाविमा पढ्थे। उनीहरूले असार २७ गते प्रेमविवाह गरेका थिए। विवाहको तेस्रो दिन माइती पक्षले कल्पनाको बिहे गर्ने उमेर नपुगेको भन्दै प्रहरीमा उजुरी दिएको थियो। त्यसै आधार प्रहरीले कल्पनालाई माइती पक्षको जिम्मा लगायोे। 'कल्पना छोडेर जान मानेकी थिइनन्, जबरजस्ती मोटरसाइकल चढाएर लगेका थिए,' हरिभक्तले भने। उनका अनुसार कल्पनाकी दिदीले प्रहरीकै अघि अजितलाई मार्ने धम्कीसमेत दिएकी थिइन्। 'तँलाई सात–आठ लाख खर्च होस्, माटोमाथि हिँड्न दिन्नँ भनिन्,' हरिभक्तले भने, 'त्यसपछि पनि फोनमा पटकपटक धम्क्याउने गरेका थिए।'  
असार २९ गते बिहान अजितले परिवारसँगै बसेर खाना खाए। त्यसपछि सबै जना आआफ्नो काममा लागे। साँझ सबै जना घर फर्किए तर अजित आएनन्। उनको फोन भने घरमै थियो। परिवारले खोजी सुरु गर्‍यो। त्यही साँझ ठूली आमाको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो। त्यसमा अजित नै थिए तर उनले 'हेलो' मात्र भन्न भ्याए। कसैले फोन खोसिदियो। त्यसपछि उनी फेरि सम्पर्कमा आएनन्।  पीडित परिवार छोराको खोजी गरिदिन भन्दै स्थानीय प्रहरीमा पुगे पनि उजुरी लिन मानेन। खोजी गर्दा–गर्दै स्थानीय रमन परियारले मेचीकाली अनलाइनमा अजितको शवसहितको समाचार देखे। त्यही  समाचारका आधारमा आफन्त धादिङ प्रहरीमा पुगेका हुन्। 'फोटोमा लुगा, अनुहार देखें, मेरै छोरा रहेछ,' हरिभक्त भन्छन्, 'गाडिसकेको लास लिएर काठमाडौं आयौं।' छोराको हत्या नै भएको ठहर गरेका हरिभक्त दोषीलाई कारबाही माग गरिरहेछन्। 

No comments:

Post a Comment