अनेरास्ववियुको पहलमा देशभरिका १०० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान

२४ असार, विभेद बिरुद्ध अभियान - अनेरास्ववियुको पहलमा देशभरिका विभिन्न १०० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाउनेमा भुकम्प प्रभावित जिल्ला, पिछडिएको जिल्ला, मधेशका जिल्ला, अल्पसंख्यक, दलित, कम्लरी, लोपोन्मुख, सिमान्तकृत क्षेत्रका विद्यार्थी छन् । उनिहरु सवैलाई राजधानीको ग्लोबल, ह्वाइट हाउस, काडमाण्डौ मोडेल, ट्रिनिटी, जेभिएर, युनिग्लोबल, नोबेल लगायत विभिन्न कलेजमा होस्टल सहितको निशुल्क छात्रवृत्ति वितरण गरेको हो ।
मदन भण्डारीको ६५औं जन्मजयन्तीको अवसरमा अनेरास्ववियुले ग्रामीण क्षेत्रका विपन्न, दलित, उत्पीडित वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिएको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य तथा संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले आजको युग सुहाउँदो शिक्षाका लागि जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले मार्गनिर्देशन गर्ने बताए ।
कार्यक्रममा जबज शिक्षाका बारेमा सभासद राजन भट्टराई, रविन्द्र अधिकारी, शिक्षाविद् बालानन्द शर्मा, शिक्षा विभागका निर्देशक खगराज बराल, शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल, हिसानका अध्यक्ष रमेश सिलवाल, उपाध्यक्ष युवराज शर्मालगायतले आफ्नो धारणा राखेका थिए
अनेरास्ववियु केन्द्रीय कमिटिको आयोजनामा काठमाडौंको कमलादीमा ६५ औं मदन जयन्तीको अवसरमा आयोजित “मदनको आखाँबाट जबज शिक्षा” विषयक विचार गोष्ठी तथा छात्रवृत्ति वितरण गरेको हो । कार्यक्रममा जबज शिक्षाका बारेमा सभासद राजन भट्टराई, रविन्द्र अधिकारी, शिक्षाविद् बालानन्द शर्मा, शिक्षा विभागका निर्देशक खगराज बराल, शिक्षा मन्त्रालयका प्रवक्ता हरी लम्साल, हिसान अध्यक्ष रमेश सिलवाल, लगायतले विषयवस्तुमाथि आफ्नो धारणा राखेका थिए ।
छात्रवृत्ति पाउने विद्यार्थीको नामावली अखिल सचिव आर.सी लामिछानेको फेसबुक मार्फत



No comments:

Post a Comment