दलित एकता संजाल कुबेतको बनभोज कार्यक्रम सम्पन्न

कुबेत, जुलाई ८ -ईदको अवसर पारी दलित एकता संजाल कुबेतको मासिक  बैठक तथा बनभोज कार्यक्रम कुबेतको मिसिला बृजमा आज सम्पन्न भएको छ । संजालका अध्यक्ष आश बहादुर नेपालीको सभापतित्व तथा समाजसेवी ठाकुर प्रसाद पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसीसी कुबेतका  कोर्डिनेटर सुजन केसी सहित थुपै प्रतिनिधिहरुको समेत विशेष उपस्थिति रहेको थियो । अन्तरघुलनको थालानी गर्ने र बाताबरण  निर्माण गर्ने उदेश्ले आयोजित गरिएको यस कार्यक्रममा कुबेतमा रहेका क्रियाशील संघ संस्थाका पदाधिकारी साथै संजाल कुबेतका संस्थापक संरक्षक , बरिसट   सल्लाहकार सल्लाहकार ,उपाध्यक्ष , महासचिव ,सचीव ,कोषाध्यक्ष, सह कोषाध्यक्ष , मिडिया प्रमुख , युवा संयोजक ,महिला सशक्तीकरण संयोजक ,उप संयोजक कलाकार प्रमुख  सहित ५० जना भन्दा बढी संजालका अभियन्ताहरुको बाक्लो उपस्थिती रहेको थियो।

दलितहरुलाई राज्यको मुल धारमा ल्याउन,दलितहरु बिच एकता गर्न र सदियौ देखी चलि आएको यो कुसंस्कारलाई चिर्ने उदेस्यका साथ स्थापित दलित एकता संजाल कुवेत NCC ले "दलित एकता आजको आवस्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सबै नेपालीहरुको सहभागिता" भन्ने नारा सहित आफ्नो स्थापनाकाल देखि  कुवेतमा रहेका अरु संघ संस्थाहरुसंग हातेमालो गर्दै बिभिन्न कार्यक्रम गर्दै आएको छ भने नेपालमा गरिने संजालका हरेक कार्यमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । आज आयोजना गरेको दलित एकता संजाल कुबेतको बनभोज कार्यक्रममा अाफ्नो माैलिकता झल्कने  सेलरोटी,अचार तथा विभिन्न मिष्ठान्न परिकार बनाएर उपस्थित संजाल का अभियन्ता र गैर दलित दाजुभाई, दिदीबहिनीहरु मिलेर आपसमा खुशी साटेर सम्पन्न गरेको थिए  ।





कार्यक्रममा बोल्दै अध्यक्ष नेपालीले दलितहरु अब पनि चुप लागेर बस्न नहुने र आफ्नो हक अधिकारको लागी करिब ६५ लाख दलितहरु एक जुट हुनु पर्ने बिषय औल्याउदै २१ औ सताब्दीमा पनि जातीय  भेदभाव र छुवाछुत जस्तो अमानविय ब्यबहारमा परिबर्तन नहुनुमा चिन्ता ब्यक्त गर्दै दलित गैर दलित बीच अन्तरघुलनको बाताबरण बनाउने उदेश्ले हामी आफैबाट ब्यबहारिक थालनी स्वरूप यो बनभोज कार्यक्रमको आयोजना गरिएको बताउदै उपस्थित सवैलाई धन्यवाद दिएका थिए ।

महासचिव जीवन सुनारले संचालन गर्नु भएको यस भेटघाट तथा बनभोज कार्यक्रममा बोल्दै  प्रमुख आतिथि पौडेलले यस किसिमको नेपाली समाज लाइ एकता गराउने  सन्देश मुलक कार्यक्रममा आफु सहभागी हुन् पाएको मा खुसि व्यक्त गरेका थिए । पौडेलले  छुवाछुत र जातीय भेदभाव बिरुद आफु सानै बाट एक्यबद्ता जनाउदै आएका ले अब सबै दलित गैर दलित एक जुट भई समाजमा जरो गाडेर बसेको यो छुवाछुत अन्त्यका लागी सबै एकजुट भएर अगाडी बढ्न आव्हान गरेका थिए ।

No comments:

Post a Comment