सांघातिक आक्रमणमा परेर घाइते भएकी दलित महिलाको उजुरी प्रहरीले लिएन

मोरङ,२७  असार, विभेद बिरुद्ध अभियान  :सुन्दरदुलारी-७ गछियाकी ३५ वर्षीया प्रमिला विश्वकर्मालाई छिमेकका मन्दिरा गुरुङरन्जना गुरुङ र माया राईलगायतले जेठ २५ गते कुटपिट गर्दै आइरनले डामेर पीडित बनेकी दलित महिलाको मुद्दा दर्ता गर्न प्रहरीले नमानेको पीडितले आरोप लगाएकी छन् ।

पीडितले असार २६ गते जिल्ला प्रहरी कार्यालय मोरङमा छुवाछुत अपराधको मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न नमानेको बताइन् । प्रमिलाले छिमेकीबाट आफू अन्यायमा परेको भएपनि न्याय दिने प्रहरीले नै अन्याय गरेको आरोप लगाइन् ।

आफुमाथि भएको ज्यादतीविरुद्ध प्रमिलाले जातीय भेदभाव तथा कसुर सजाय ऐन र कुटपिटविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् । तरप्रहरीले दर्ता गर्न मानेको छैन ।

उनले घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएकी थिइन् । जातीय विभेद र छुवाछुतको घटना भएपनि इलाका प्रहरी बेलबारीले आरोपितहरूलाई गिरफ्तार नगरी घटना मिलापत्र गराउन खोजेकाले असार २६ गते उनी जिल्ला प्रहरी कार्यालय आएको बताईन् ।

प्रमिलाले दलित भएकै कारण आफूमाथि कुटपिट गरेको भन्दै जातीय विभेद तथा छुवाछुत कसुर ऐन-२०६८ अन्तर्गत मुद्दा दर्ता गराउन माग गरेकी छन् ।

२५ जेठमा बचत तथा ऋण सहकारीको ऋण अपचलनको विरोध गर्दा स्थानीय मन्दिरा गुरुङरञ्जना गुरुङ र माया राईलगायतको समूहले 'कमनी जान्ने भएकीभन्दै तातो आइरनले डामेर कुटपिट गरेको प्रमिलाको आरोप छ । कुटपिटबाट मेरुदण्ड र जीउमा गहिरो चोट लागेको उनले बताइन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले किस्ताको रकम सङ्कलन गर्ने विषयमा महिला समूहमा झगडा हुँदा दुवैतर्फचोट लागेकोले दुवैतर्फलाई राखेर मिलापत्र गराउने प्रयास गरेको तर प्रमिलाले नमानेकाले मिलापत्र हुन नसकेको बताए ।

दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रिय उपाध्यक्ष गोपाल लकान्द्रिले प्रहरीले मुद्दा दर्ता गर्न नमाने राष्ट्रिय दलित आयोग र अदालत जाने बताए ।

No comments:

Post a Comment