दुई दलित परिवार भातपानीमा रोक लगाएपछि गाउँबाट विस्थापित भए

महोत्तरी, साउन ३ ,विभेद बिरुद अभियान -  । जिल्लाकै एक ग्रामीण बस्तीमा दुई दलित परिवारको भातपानीमा रोक लगाएपछि गाउँबाट विस्थापित भएका छन् ।
महोत्तरी एकडारा बेला ५ का झगरु पासवान र सोही ठाउँ निवासी उगनारायण पासवानको परिवारलाई स्थानीयहरुले विभेद गदै भातपानी समेत रोक लगाएपछि उनीहरु विस्तापित हुन पुगेका हुन । विगत पाँच वर्षदेखि भात पानी काटिएका स्थानीय सुरेश पासवानलाई समाजमा मिलाउनु होस् भनेपछि यिनीहरुलाई पनि बहिस्करणमा पारिएको दुवै परिवारको गुनासो छ ।
उनीहरु गाउँमा आफ्नो जग्गासम्बन्धी विवाद समेत अदालतमा चल्दै गरेकाले पनि विपक्षीले समाजलाई उक्साएर आफूहरुलाई बहिस्कार गरी भातपानीमा समेत रोक लगाएको उगनारायण पासवानले बताए । ‘हामीमाथि सबैको विभेद छ , हामी कतै जना पाउँदैनौं,’ उनले भने ,‘ हाम्रो खानपिन केही चल्दैनन् हजुर । ’
उगनारायण पासवानकी श्रीमति सोशिला देवीका अनुसार हप्ताको प्रत्येक शुक्रबार हुने सल्हेश महाराजको पूजामा समेत आफ्नो परिवारलाई नजान गाउँका पञ्चले उर्दी जारी गरेको बताइन् । ‘पञ्चहरुले हामीलाई मन्दिरमा जान दिदैनन् , हामी राम्रोसँग हिड्डुल समेत गर्ने पाउँदैनौं,’उनले भनिन् ।
पञ्चले पासवानहरुलाई कुनै पनि जातीय कार्य तथा भोजभतेर सगै विवाह र संस्कारमा समेत अब उप्रान्त सहभागी नहुन भनी धम्की दिएका भनेका झगरु पासवानले बताए ।
समाज विकासतर्फ उन्मुख भइरहेका बेला अझै जातीय नीति नियम र फैसलाले मानिसको सामाजिक अधिकार समेत कुण्ठित गदै गइरहेको छ । सरोकारवाला निकायहरु यतातिर गम्भीर हुनु आवश्यक देखिएको छ । हाल न्यायका लागि सदरमुकाममा भौतारिरहेका दुवै परिवार समाजले बिनाकारण दिएको सजायले आफूलाई अपमानित गरेको बताउँदै आएका पीडितहरुलाई कसैले न्यायको लागि पहल समेत गरेको छैन ।
राजधानीमा दलित समुदायको मुक्तिको लागि कोठे वहस गर्नेहरुलाई यो घटनाको विषयमा केही जानकारी समेत छैन । उनीहरुले आफ्ुहरुलाई समाजिक बाहिस्कारको विभेद खेप्दा समेत कसैले एकरथी पनि आफुहरुको विषयमा कुनै चासो नदेखाएको उनीहरुको गुनासो रहेको दलित अनलाइनमा खबर छ  ।

No comments:

Post a Comment