दलित सेवा संघद्धारा आयोजना गरिएको कार्यक्रममा दलितलाई आफ्ना कुरा राख्न भने बञ्चित

२७  असार, विभेद बिरुद्ध अभियान - अझै पनि समाजमा जातिय विभेद र छुवाछुत कायम रहेकोले यसलाई चिर्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अझै पनि समाजमा जातिय विभेद र छुवाछुत कायम रहेकोले यसलाई चिर्नुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् । दलित सेवा संघ लमजुङद्धारा सोमवार वेसिशहरमा आयोजना गरेको जातिय विभेद र छुवाछुत व्यवहारिक रुपमा न्युनिकरण र नयाँ संविधानमा कानुनी प्रावधान विषयक अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले सो कुरा व्यक्त गरेका हुन् । स्थानीय विकास अधिकारी शेखर पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जातिय विवेभद तथा छुवाछुत मुक्त समाज बनाउन दलित जातियबाट नै पहल थाल्नु पर्ने बताउनुभयो । खुल्ला रुपमा सार्वजनिक स्थलमा जातिय विभेद, छुवाछुत हटेको भएपनि गाउँघरमा नहटेको उहाँले बताउनुभयो । 
दलित दलित माथि समेत जातिय विभेद कायम भएको भन्दै जिसीले राज्यले बनाएको कानुनमा जातको आधारमा कसैलाई अपमान नभएको बताउनुभयो । कार्यक्रममा पण्डित घनश्याम सुवेदीले हिन्दू धर्मको शास्त्रमा जातिय विभेद, छुवाछुत नरहेको बताउनुभयो । उहाँले पनि जातिय विभेद र छुवाछुत जस्तो घृणित कार्य समाज रहेको भन्दै यसलाई चिर्न सबैले लाग्नु पर्ने बताउनुभयो । यसैगरि प्रशिक्षकको रुपमा रहनुभएका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जातिय छुवाछुत, जातिय विभेद जस्तो अक्षम्य अमानवीय कुरा शास्त्रमा कहीँ पनि उल्लेख नभएको, कुनै धर्ममा नभएको बताउनुभयो । शिक्षा, रोजगार सरसफाइमा दलित जातिले ध्यान दिएर कार्यन्वयन गर्न सके समाजमा दलित कथित माथिल्लो जातिबाट हेपिनु नपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा अधिवत्ता कृष्णप्रसाद अधिकारीले कार्यपत्र प्रस्तुत गर्दे दलितलाई राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक दिएको बताउनुभयो । 
दलितलाई सहभागीताको लागि, प्रतिनिधित्वका लागि तथा सशक्तिकरणका लागि कानुन वमोजिम विशेष व्यवस्था गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस लमजुङका सचिव हरि बराल, एमालेका कार्यलय सचिव सिंहबहदाुर थापा, दलित सेवा संघका पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो । समाजमा जातिय विभेद र छुवाछुत कायम रहेको भन्दै कार्यक्रममा चर्का भाषण गर्नेहरु दलित भने थिएनन् । उनिहरुलाई आफ्ना कुरा राख्न भने बञ्चित गरिएको थियो । केही दलित अगुवाहरुले भने कार्यक्रमको मञ्चमा बस्नेमा दलितको कुनै प्रतिनिधित्व नभएको प्रति चर्का भाषण केवल कार्यक्रम अवधीभर भएको तर ब्यवहारमा लागु नभएको गुनासो पोखेका छन् ।

No comments:

Post a Comment