एसएलसीमा राम्रो गे्रेड ल्याउने म्याग्दीका दलित समुदायका छात्रछात्रालाई सम्मान

बेनी, २७  असार, विभेद बिरुद्ध अभियान । २०७२ सालको प्रवेशीका परिक्षा एसएलसीमा सहभागी भई राम्रो गे्रेड ल्याएर उतिर्ण भएका म्याग्दीका दलित समुदायका छात्रछात्रालाई शुक्रबार बेनीमा सम्मान गरिएको छ ।
दलित वर्ग उत्थान समन्वय समितिको आयोजनामा उनिहरुलाई सम्मानका साथै एसएलसी उतिर्णपछि कुन विषय पढ्ने भन्ने विषयमा सहिजकरण पनि गरिएको थियो । दलित समुदायका विद्यार्थी मध्य सबैभन्दा उपल्लो तहको ग्रेड ल्याउने जामुनाखर्क उच्च माविका सुदिप बिक र पुजा बिकलाई नगद दश, दश हजार रुपैया सहित सम्मान गरिएको छ ।
स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले उनिहरुलाई सम्मान गर्नुभएको थियो । यसैगरी शिक्षक शान्ता नेपाली र जगबहादुर किसानले विषय छनौटका विषयमा सहिजकरण गर्नुभएको थियो । 

६० जना भन्दा बढी दलित छात्रछात्राको कार्यक्रममा सहभागिता रहेको थियो । दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष बालकुमार लामिछानेको अध्यक्षता र याम किसानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।   

No comments:

Post a Comment