पानी छोएको निहुँमा ६५ बर्षीय वृद्धा माथि निर्घात कुटपिट

दाङ , साउन ३ ,विभेद बिरुद अभियान - “ए वुढी जीउदै छेस् आज तेरो हातको पानी खाएर तेरो अन्तेष्टि गर्छु ।” दाङको पुरन्धारा गाविस ८ बगरपुरकी विरमा विकको घरमा आएर सोही गाविस वडा २ का ३३ बर्षीय सुशील शाहले दिएको धम्की हो, यो । उनले विकलाई पानी छोएको निहुँमा कुटपिट समेत गरेका छन् । हातमा हतौडा बोकेर आएका शाहले “तिमी कामीहरुलाई मैले सखाप पार्न आएको हुँ ” भन्दै श्रीमतीलाई घरमै आएर कुटपिट गरेकोे विरमाका श्रीमान मानबहादुर विकले बताए । “ त कमिनीले छोएको पानी मैले खाँदैन किन दिएको ” भन्दै श्रीमतीलाई चारैतिर बाट घेरा हालेर टाउमा हतौडाले हानेर घाइते बनाएको श्रीमान मानबहादुरले बताए । 

६५ बर्षीय वृद्धा विरमा विकको हात,खुट्टा, टाउको, छातीमा गम्भीर चोट लागेको उनका श्रीमान बताउँछन् । । हतौडाले लागेर घाईते भएकी श्रीमतीको ज्यान समेत जोगाउन धौ धौ भएको उनले बताए । सासुलाई कुटेको देखेर बुहारी चिच्याए पछि सबै गाउँले जम्मा भएपछि उ भागेको मानबहादुरको भनाई छ । विना कारण पानी दिएको निहुँमा यसरी कुटिनु राम्रो होईन अगाडी थपिन्। दलित भन्दै आफुलाई हेप्दा यस्तो घटना घटेको  उनको भनाई छ ।  सुशिलसंग कुनै व्यक्तिगत रिसिबी नभएको बताउँदै मानबहादुरले आफुलाई जातका आधारमै भेदभाब गरेको बताए   । नत्र विना कारण किन घरमा आएर पानी माग्दै तिमी कामीहरुले दिएको पानी खान्न भन्दै श्रीमतिलाई कुट्थ्यो होला ,मानबहादुरले  भने । गम्भीर घाइते  भएकी श्रीमतीको घोराहीको एक मेडिकलमा उपचार गराई रहेको उनले जानकारी दिएको दलित अनलाइनमा खबर छ  ।

 पिडित परिवारले सुशील शाहका विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सुशील बदमास रहेछ, तर उसले पनि कुटाई खाई घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्णप्रसाद प्रसाईले जानकारी दिए   । सुशीलको पनि उपचार भैरहेको वताउँदै प्रसाईले दुवैजना गाउमै मिल्ने कुरा रहेछ, विकका आफन्त आएर मुद्दा दर्ता गरेका उनले बताए   ।  जातीय भेदभाव तथा कसूर सजाय ऐन २०६८ अनुसार कसैले पनि कुनै व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, बंश , समुदाय वा पेसाका आधारमा भेदभाव गरे तीन महिना देखि तीन बर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार सम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । 

No comments:

Post a Comment