२ बर्ष सम्म घरमा राखेको बुहारी दलित भएकै कारण गर्भपतन र घरबाट निकालियो

मनोज भुजेल- विभेद बिरुद अभियान - इटहरी ,२ साउन  । एक युवतीले आफु दलित भएकै कारण दुई बर्ष देखि शारीरिक शोषणमा परेको दाबी गरेकी छिन । सुनसरीको सिमरीयाकी १७ बर्षिय एक युवती सोही स्थान बस्ने अजय साहबाट शारीरिक शोषणमा परेको दाबी गरेकी हुन ।
तीन बर्षको प्रेम सम्बन्धबाट पटक पटक शारीरिक रुपमा आफु शोषणमा परेको दाबी गदै इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी आफुलाई न्याय दिलाउन आग्रह गरेकी छिन् । सिमरीयाका अजय साहले बिवाह नै नगरी दुई बर्ष सम्म घरमा राखेको, गर्भपतन गराएको र अन्तिममा दलित भएकै कारण घरबाट निकालेर अलपत्र पारेको ती युवतीको दावी छ ।
आफुलाई घरमा राखेर अजय बिदेश गएको र पछि दलित भनेर विवाह गर्न नमानेको युवतीको भनाई छ । अजयका पिता पशुपति साहले युवतीलाई घरबाट निकालेको युवतीको आरोप छ ।
परिवारको दबाबमा तीन महिनामा गर्वपतन गराएको पनि युवतीको दावी छ । पछि युवतीले पनि बुवा आमाको सल्लाहमा आफनौ थरको व्यक्तिसँग बिवाह गरेकी थिइन् । जव अजय साह बिदेशबाट फर्किए उनले युवतीलाई आफुसँग आउन दबाब दिएको युवतीको भनाई छ । नआए आत्महत्या गर्ने धम्की दिएपछि युवतीले साहसँग गएको बताइन् । तर, केही महिना पश्चात दलित भन्दै युवतीलाई घरबाट साहले निकालेको युवतीको भनाई छ । साहले अर्काे केटीसँग बिवाह गरेपछि युवती अलपत्र परेकी हुन ।
पत्रकार सम्मेलनमा युवतीले आफुलाई न्याय दिलाउन सबै सरोकारवाला निकाय समक्ष आग्रह गरेकी हुन । उनका छिमेकी सजन ऋसिदेवले घटनाको बिषयमा युवती पक्षले इलाका प्रहरी कार्यालय दुहबीमा पनि निवेदन दिएपनि कुनै सुनुवाई नभएको आरोप लगाएको रातोपाटी अनलाइनमा खबर छ   ।
साह परिवारबाट ज्यान मार्ने सम्मको धम्की पनि आएको युवतीको आरोप छ । घटनाको बिषयमा अजय साह र उनका पिता पशुपती साहसँग सम्पर्क गर्दा दुवै सम्पर्कमा आउन चाहेनन् ।

No comments:

Post a Comment