​जातीय विभेदविरुद्धको चलचित्र छोइछिटो निर्माण कार्य सम्पन्न

विभेद बिरुद्ध अभियान  - धनगढी, १८ मङ्सिर । स्थानीय कलाकारको प्रयासमा जातीय विभेदविरुद्धको लघु चलचित्र ‘छोई छिटो’को निर्माण कार्य सम्पन्न भएको छ ।  केएस फिल्मस् र आश फिल्मस्को ब्यानरमा निर्माण गरिएको यो चलचित्रको निर्देशन तथा निर्माण करन विक र पत्रकार सीताराम ओझाले गरेका हुन् । 

नेपाली समाजमा कायम रहेका विभेद् हटाउन र सामाजिक जनचेतना फैलाउन यो चलचित्र निर्माण गरिएको निर्देशक विकले बताएका छन् ।  चलचित्रमा करन विक, सीताराम ओझा, सुरेश, भट्ट रमिला कार्की, रामुजी रोइला, मीना सोव, भद्धर विष्टलगायतका कलाकारले अभिनय गरेका छन् । 

 सत्य घटनामा आधारित लघु चलचित्रको कथाकार रमेश पाल हुन् । कार्यकारी निर्मातामा मुकुन्द भट्ट र मुख्य सहायक निर्देशकमा दिनेश भण्डारी रहेको सो चलचित्र धनगढीलगायत देशका विभिन्न स्थान र विदेशमा समेत प्रदर्शनको तयारी भइरहेको निर्माता तथा कलाकार सीताराम ओझाले बताए ।

No comments:

Post a Comment