‘थुईक्क कमिनी आई छोईएला’भन्दै क्याम्पसमै नेविसंघकी नेतृले गरिन विभेद

विभेद बिरुद्ध अभियान,काठमाण्डौ, १९ मंसिर । नेपाल बिद्यार्थी संघकी केन्द्रिय सदस्य तथा पद्मकन्या कलेज मास्टर अध्ययनरत रुपा पोखरेलले सोही क्याम्पसमा अध्ययनरत दलित विद्यार्थीलाई सार्वजनिक रुपमै ‘थुईक्क कमिनी’भन्दै जातीय विभेद गरेकी छिन् । आइतबार विहान साँढे ९ बजे उनले बिबिएस चौथौ वर्ष अध्यनरत कालिकोट खोईमहादेवकी दर्शना नेपालीलाई जातीय विभेद गर्दै ‘कमिनिले छुन सक्छे’ आफ्ना साथीहरुलाई बताएकी छिन् । बसन्ता भण्डारी, देविका मिजारलगायतका साथीसंग म क्याम्पसमा थियौ,,‘नेविसंघकी पोखरेलले थुईक्क कमिनी छुईएली साथीहरु, आज म सुनपानीले छर्केर चोखिएर आएको छु,’ सार्वजनिक रुपमा भनिन्, पीडित दर्शना नेपालीले बताइन् । क्याम्पस प्रमुख डा. रेणुका जोशी अगाडी मलाई देखाउँदै ‘यता नआईस् छोईएला’ भन्दै सामूहिक रुपमा बताइन, पोखरको भनाइ नेपालीले उदृत गरिन् । ‘आज सुनपानीले चोखिएर आएको छु, फेरि छुईएला,’ भन्दै विभेद गरेको उनले बताइन् । नेपाली अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य हुन् । यो भन्दा अगाडी पनि बारम्बार बाटोमा हिड्दै थुक्दै छुईयाला भन्दै गिज्याउँदै र बोल्दै हिड्ने गरेको नेपालीले जानकारी दिइनन् । 
निविसंघ केन्द्रिय सदस्यले पोखरेलले क्याम्पस प्रमुख अगाडी सार्वजनिक स्थलमै विभेद गरेपछि उनले क्याम्पसमा निवेदन दिदै दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग गरेकी छिन् । विहान ११ बजे निवेदन दिएकी हुन् । भोलि सोमबार राष्ट्रिय दलित आयोगमा उजूरी दिने तयारी गरेको नेपालीले जानकारी दिइन् । पाँच जना साथीहरुसंगै भएको बेला क्याम्पसमा विभेद भएको र अव कानुनी लडाईमा जाने उनको तर्क छ । ‘जहाँ भेट्यौ त्यही सिधै थुईक्क छुईन्छ भन्दै हिड््नेसंग कति सहेर बस्नु,’ उनले भनिन् । नेविसंघ केन्द्रिय सदस्य पोखरेल पढाईले अधिवक्ता पनि हुन् । पीडित नेपाली क्याम्पसको होस्टेल बस्दै आएकी छिन् । पोखेरलले सार्वजनिक स्थलमा विभेद गरेपछि नेपालीले सामाजिक संजालमा आफूलाई जातीय विभेद भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘आजसम्म दलित भएको मा गर्ब लाग्थ्यो । तर बल्ल आज आएर महसुस भयो, आफूलाई सभ्य भन्नेहरूले नै दलितमाथि कस्ता सोच राख्ने रैछन भनेर ! पद्मकन्या कलेजमा मलाई दलित भएको कारण नेबि संघको केन्द्रिय सद्स्य तथा आफूलाई अधिबक्ता वताउने रुपा पोखेरलले “आफूले काँसको थालमा खाने ठूलो जात र मलाई टपरीमा खाने सानो दलित होस् र छोईयो भने सुनपानीले आफू चोखिन्छु भन्दै अभद्र व्यवहार गरेकी छिन् ।’ पोखरेलले नेपालीलाई दलित भएकै कारण विगतमा समेत सधै थुक्क थुक्ने, यसलाई नछोउ, टपरीमा नखाने, हैसियत नभएको जस्ता अभिव्यक्ति दिदै आएकी छिन् । क्याम्पसमा बिबिएस चौथौ बर्ष अध्ययन गर्दै गर्दा पोखरेलले मात्र आफूलाई विभेद गर्ने गरेको उनले गुनासो गरिन् । नेपालीले अव कानुनी उपचारमा आँफू लाग्ने बताएकी छिन् । निजि वा सार्वजनिक स्थलमा दलित भएकै कारण विभेद, छुवाछुत र दुव्र्यवहार गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ । यस विषयमा टेलिफोनमा प्रतिक्रिया लिँदा रुपा पोखरेलले आँफूले कुनै दलित शब्द उच्चारण नगरेको र प्रमाणित भए जस्तोसुकै हदैसम्मको कारवाही सहन तयार रहेको बताईन् ।
 ‘तीन दिनदेखिको क्याम्पसमा क्रान्तिकारी र नेविसंघको झगडा म मिलाउन गएको हो,’ उनले भनिन, ‘मैले दलित, थुईक्क भन्दै विभेद गरेको छैन् ।’ क्रान्तिकारी संगठनका विद्यार्थीले दलित मुद्धा बनाएर आफूलाई झुटो आरोप लगाउन खोजेको उनले तर्क गरिन् । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ ले कसैले कुनैपनि स्थान (निजि तथा सार्वजनिक) मा छुवाछुत र जातीय विभेद गर्न नपाईने र यदि गरेमा विभेदको प्रकृति बमोजिम तीन महिना देखि तीन बर्षसम्म कैद वा एक हजार रुपैँया देखि २५ हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाँय हुने र ऐन बमोजिम कसूर गरेको ठहरिएमा पीडितलाई २५ हजार देखि एक लाख रुपैँयासम्म क्षतिपुर्ती भराईदिने सक्ने व्यवस्था छ । पीडित दर्शना नेपालीले नेविसंघ नेतृ पोखरेल विरुद्ध कानुनी लडाईमा गए उनलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय एने २०६८ अनुसार कारवाही हुनसक्छ । जस अनुसार तीन बर्षसम्म कैद वा एक हजार रुपैँया देखि २५ हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाँय हुन्छ । ऐन बमोजिम कसूर गरेको ठहरिएमा पीडितलाई २५ हजार देखि एक लाख रुपैँयासम्म क्षतिपुर्ती दिनुपर्ने हुन्छ । - दलित अनलाइन बाट 

No comments:

Post a Comment