![]() |
| काभ्रेमा हत्या गरिएकी लक्ष्मी परियारकी छाेरा धुलीखेल प्रहरी परिसरमा ।तस्बीर शिव हरी ज्ञवाली |
अजित मिझारको घटना देखि मलाई त कसैले जातीय भेदभाव गर्यो भने, प्रायोजित ढंगले कसैले दलितको ह्त्या गर्यो भने कारवाही हुन्छ की हुदैन होला ? पीड़ित ले न्याय पाउँछन की पाउदैन होला भन्ने मात्र लाग्छ यद्यपि हामी कानूनी राज्यमा बिस्वास गर्छौ र कानून सवैको लागि बराबरी ब्यबहारिक रुपमा हुनु पर्छ ।यसै बिच काभ्रेमा बोक्सी भन्दै हत्या गरिएकी लक्ष्मी परियारकी प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीले धुलीखेल प्रहरी परिसरमा बयान दिएका छन । यस्ता घटना भोली जोकोही लाइ पर्न सक्छ एउटा मानब भएर न्यायको लागि पहल गरौ। -गोपाल सिवा
प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान
![]() |
| सामाजिक विषय पढाउने सर (हीरा लामा) |
त्यसपछि हीरा सरले समेत समातेर मेरी ममीलाई नजिकै रहेको सूर्योदय माध्यमिक विद्यालयको खेल मैदानमा लगे । त्यो हाम्रो विद्यालय हो, जहाँ हिरा सरले सामाजिक शिक्षा पढाउनुहुन्छ । स्कुलको मैदानमा भलिबलको पोल छ । त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो । तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो । त्यसैले उहाँ एकैछिन रोकिनुभयो । त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए । छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन् । नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो । सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो । त्यतिन्जेलसम्म हिरा सरको आमा अन्त कता जानुभयो थाहा भएन । पछि त दिसा लिएर आउनुभयो । सरको आमा आइसकेपछि दिसा खुवाउन खोजे, ममीले मान्नुभएन ।
त्यसैले मेरो ममीको खुट्टा पनि बाधेँ र दिसा खुवाइदिए । त्यसपछि पनि गाउँलेहरु त्यहीँ बसिरहे । केहीबेरमा उनीहरुले छोडिदिएपछि म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो । हामी मेलडाँडा भन्ने ठाउँमा आइपुगेका थियौँ । पछाडिबाट हिरा सर दाउराको चिरपट बोकेर आउनुभएको रैछ । अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नु भयो । चिरपटले ममीको टाउकोमा हान्नु भयो । ममीको टाउकोमा गहिरो घाउ लाग्यो । ममीको टाउकोबाट रगत बगिरहेको थियो । त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो । गाउँमा हल्ला भइसकेछ । मेरो हजुरआमा (विष्णुमाया नेपाली) पनि बाटोमै आइपुग्नुभयो । उहाँ ६० वर्षको हुनुहुन्छ । मेरो बुहारीलाई किन पिटेको भनेर के भन्नुभएको थियो, हिरा सरले ‘न करा तेरो पनि छात्ती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो ।
मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ । उहाँ ममाथि पनि झम्टनुभयो । त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो । तर, मेरो ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन । पछि म र मेरो अंकल (दिनेश नेपाली) मिलेर दुबैतिरको कुममा उचालेर घर पुर्यायौँ । बेलुकी घर गयौँ । अर्को दिन बुधबार बुबा मिलन नेपाली काठमाडौंबाट घर आउनुभयो । बुबा काठमाडौँमा घर बनाउने मजदुरी गर्नुहुन्छ । त्यो दिन अस्पताल जाने कुरा भयो । तर, ढिलो भएकोले जान सकिएन । धुलिखेल आउन तीन घन्टा लाग्छ भन्ने कुरा भयो । बिहीबार बिहान ममी उठ्न सक्नुभएन । त्यसैले गाउँको स्वास्थ्यचौकी पुगेर हामीले औषधि लिएर आयौँ । घरमा ममीलाई औषधि दिँदै थियौँ । आँगनमा पुलिस आइपुग्यो । पुलिससँगै हिरा सर र गाउँका धेरैजना हुनुहुन्थ्यो । गाउँका १५ जनाको हस्ताक्षर गरेर मिलापत्र गरियो । मिलापत्र भएपछि प्रहरी फर्किए, गाउँले घरघर गए । बेलुका बुबा र म सँगै सुत्यौँ । ममी नजिकैको टहरामा सुत्नुभयो । बिहान हजुरआमाले मलाई उठाउनुभयो । तिम्रो आमा अहिलेसम्म किन उठिन गएर बोलाएर लिएर आउ भनेर पठाउनुभयो । राजकुमार गोले-नयाँ पत्रिका



No comments:
Post a Comment