‘गाउँमा नै मोबाइल मर्मत गरेर राम्रो कमाई हुदोँरहेछ ।’- रत्न बि.क.

विभेद बिरुद्ध अभियान  , कालिकोटः जिल्ला लालु गाविस–१ का रत्न बि.क.ले गाउँमा नै मोबाइल मर्मत गर्ने पसल चलाएर रोजगार भएका छन् । बि.क.ले युवा सशक्तिकरण कार्यक्रमले चलाएको ६५ दिने तालिम जिल्लामा लिएर गाउँमा नै रोजगारी भएका हुन् ।
अहिले गाउँघरमा मोबाइल सेवा पुगेको सबैको हातहातमा मोबाइल हुने गरेको गाउँमा नै मोबाइल मर्मत गर्दा राम्रो आम्दानी हुने गरेको रत्न बिकले बताए । ‘गाउँमा मोबाइल नभएको मानिस छैन ।’ उनले भने,‘दैनिक १० देखि २० मोबाइल बनाएपछि राम्रो आम्दानी हुने गरेको छ ।’
गाउँमा नै सामान्य काम गर्दा पनि रोजगारी हुने विदेश जानु नपर्ने, आफू भारतमा प्रत्येक वर्ष रोजगारी जाने गरेको अहिले छाडेको बिकले बताए । ‘गाउँमा नै स–साना काम गर्दा पनि रोजगार भइन्छ ।’ उनले भने,‘म पहिले भारत जाने गरेको थिए । अहिले गाउँमा नै राम्रो कमाई हुन्छ किन भारत जानु ।’
मोबाइल मर्मतको तालिम लिएपछि सहकारीबाट ऋण लिएर गाउँमा मोबाइल पसल चलाएको र अहिले सहकारी ऋण पनि तिरिसकेको बिकले बताए । ‘सहकारीबाट ऋण लिएर मोबाइल मर्मत पसल खोलेको थिए ।’ उनले भने,‘अहिले सहकारीको ऋण पनि तिरिसके ।’
गाउँमा मोबाइल मर्मत गरेर दैनिक १ हजारदेखि १२ देखि सय रुपैयाँसम्म कमाउने गरेको र मासिक रूपमा गाउँमा नै १५ हजारदेखि २० हजार रुपैयाँ कमाउने गरेको बि.क.ले बताए । 
‘गाउँमा नै मोबाइल मर्मत गरेर राम्रो कमाई हुदोँरहेछ ।’ उनले भने,‘भारतमा कमाउने पैसा गाउँमा नै आफ्नो परिवारसँग बसेर कमाएको छुँ ।’ गाउँमा अहिले स–साना काम गरेर राम्रो कमाई गर्नेको सङ्ख्या वृद्धि हुदैँ गएको र सीप भए विदेश वा भारत जान कसैले नपर्ने स्थानीय शिक्षक निर्मलकुमार विष्टले बताए । ‘गाउँमा स–साना काम गरेर धेरै मानिसको रोजगारी भएको छ ।’
उनले भने,‘गाउँमा नै राम्रो काम गरे कसैले भारत र अन्य देशको रोजगारी जानुपर्दैन ।’ बिक बाट पाठ सिकेर गाउँका युवाहरूले गाउँ नै कम्प्युटर, फोटोकपी मेसिन, तरकारी खेती, लगाएतका काम गरेर रोजगारीको बाटोमा अग्रसर भएको गाविस सचिव नबराज शर्माले बताए । ‘गाउँमा युवाहरू अहिले गाउँमा नै रोजगारीको खोज्न थालेका छन् ।’ उनले भने,‘यसले गाउँमा आर्थिक चहलपहल पनि बढेको छ ।’ 

No comments:

Post a Comment