लक्ष्मीको हत्यामा संलग्नलाई कारबाहीको माग

विभेद बिरुद्ध अभियान - काठमाडौँ, पुस १: काभ्रेकी लक्ष्मी परियारको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको माग गरिएको छ ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित नागरिक समाजलगायतका विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलका भ्रातृ सङ्गठनले लक्ष्मी परियारका हत्यारालाई तत्काल कारबाही गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै शुक्रबार पदयात्राको समेत आयोजना गरेका छन् ।
जिल्लाको सानो वाङ्थली–७ की ३२ वर्षीया परियारको यही मङ्सिर २४ गते कुटपिटबाट हत्या भएको थियो । बबरमहलबाट सुरु भएको पदयात्रा बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
सोही अवसरमा दलित आन्दोलनका अगुवा पदम सुन्दासले आजको २१औँ शताब्दीमा समेत परियारलाई मलमूत्र खुवाई, कुटपिट गरी हत्या गर्ने हत्यारामाथि कडा कारबाही गर्नुपर्छ भने ।
लक्ष्मी परियारको हत्यारा, उक्त घटनामा संलग्न तथा घटनालाई ढाकछोप गरी मेलमिलाप गराउने प्रहरीलगायत सबैलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।

No comments:

Post a Comment