दलितहरुको मराई राज्य र समाजका निम्ति महँगो हुनसक्छ :नरेश खाती

विभेद बिरुद्ध अभियान- काठमाडौं, २५ मंसिर ।केहि समय अघि  नेपाल र छिमेकी देश भारतमा दलितमाथि भएका अत्याचारपूर्ण घटना सार्वजनिक भए । काभ्रे पाँचखाल बस्ने अजित मिजारलेसगैं पढ्ने पराजुली थरकी यवुतीसँग प्रेमविवाह गर्दा उनको हत्या गरिएको परिवारको आरोप छ । भारतको गुजरात राज्यको राजकोटमा चार दलितलाई गौ हत्याको आरोपमा क्रुरतापूर्वक सार्वजनिक स्थानमा मरणाशन्न हुने गरी पिटाई गरियो । कथित ठूला जातकी केटीसँग विवाह गरेको केही दिनपछि अजित मिजार मृत भेटिएका थिए । दलित अधिकारकर्मीको चर्को दबाब पछि गृह मन्त्रालयले घटनाको छानबिनका लागि एक छानबिन समिति गठन गरेको छ । धादिङ्गका सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र नेपाल प्रहरीका डीएसपी रहेका छन् । सात दिनमा घटनाको छानबिन प्रतिवेदन पेश गर्ने भनिएको छ । घटनालाई प्रहरीले ढाकछोप गर्न खोजेको आरोप मृतकका आफ्न्तले लगाएका छन् । मृतकका बाबु हरिभक्त ढकाल मिजार प्रहरी कहाँ जानकारी लिन जाँदा लास प्रहरीले आफै गाडेको पोस्टमार्टम नगरे पनि गरेको छ भनी ढाँटेको र पछि लास लिएर आउँदा पोस्टमार्टम गराउने पत्र समेत नलेखिदएिको पीडा सुनाउँछन् । 
भारतको गुजरात राजकोटमा, ११ जुलाईमा गाउँकै एक किसानको एउटा मरेको गाईको छाला काडी रहेका चार दलित युवाहरुलाई सार्वजनिक स्थानमा लगि गाडीमा बाँधेर निर्ममता पूर्वक कुटेर, पछि कारमा बाँधेर शहर घुमाउँदै प्रहरी चौकीमा लगेका थिए र प्रहरीले कारवाही गर्न नमानेपछि अझ यातना दिएका, पीडित चार मध्ये दुई जनाको अवस्था गम्भीर रहेको भारतीय समाचार माध्यमले जनाएको छ । समाचारमा जनाए अनुसार हिन्दूवादी संगठन शिवसेनाका कार्यकर्ताले चार दलित युवालाई यतना दिएको भिडियो इन्टरनेटमा भाइरल भएपछि भारतका विभिन्न राज्यमा लाखौंको संख्यामा सडकमा उत्रिएर दलितहरुले विरोध जनाएका छन् । १८ जुलाई सोमबार राजकोटको गाउँका पाँच दलित युवाहरुले विष पिएर आत्माहत्या गर्ने कोशिश गरेका थिए । १९ जुलाई मंगलबार, जनागडमा तीन दलित युवाहरुले विष पिएर पुन आत्माहत्या गर्ने प्रयास गरे, जसमध्ये एकको मृत्यु भएको थियो । घटनामा संलग्नलाई कडा करवाहीको माग गर्दै सडकमा उत्रिएका दलितहरुले पीडा व्यक्त गर्दै भनेका छन् ‘जब सम्मानसंग बाँच्न सम्भव हुदैन भने मर्नु नै ठीक छ ।’
 सडकमा उत्रिएका दलितहरुले आफूलाई विभेद गर्ने चर्मकार परम्परगत पेशा छाड्न सबैलाई आग्रह गरेका छन् । सुरेन्द्रनगरमा १८, जुलाई सोमबार दलितहरुले मरेका पशु लगेर, कलेक्टर अफिस छाडेर प्रर्दशन गरेका छन् । आन्दोलनका क्रममा अमरली जिल्लामा मंगलबार ६ जना प्रदर्शनकारी दलितहरु घाईते भएका छन् भने पाँच पुलिस घाइते भए जसमध्ये एक पुलिसको मृत्यु भएको थियो । आफूहरु असुरक्षित भएको भन्दै मोरमी जिल्लामा दुई सय जना दलितहरुले प्रशासनमा बन्दुकको लाईसेन्सका लागि निवेदन दिएका छन् । उनीहरुले सरकारको सुरक्षा व्यवस्थाप्रति भरोसा नरहेका बताएका छन् । 
राज्य सरकारका तर्फबाट गुजरात राज्यकी मुख्यमन्त्री आनन्दवेन पटेलले घटनामा पीडितका आफन्तहरुलाई भेटेकी छन् । बुधबार गुजरात बन्दको घोषणा गरिएको छ । सोही दिन, २० जुलाईमा भारत सरकारको माथिल्लो सदन लोकसभामा दलित नेताहरुले सरकारको कडा विरोध गर्दै होहल्ला मच्चाएका थिए । सरकारकातर्फबाट गृहमन्त्री राजनाथसिंहले घटना दुर्भाग्यपूर्ण भन्दै कठोर शब्दमा निन्दा गरेका छन् । सात जना पीडकहरुलाई न्यायिक हिरसतमा र दुई जनालाई पुलिस हिरासतमा राखिएको, घटनालाई तदारुकताका साथ अनुसन्धान नगरेको भन्दै एक पुलिस ईन्सपेक्टर, दुई सवपुलिस ईन्सपेक्टरलाई सस्पेण्ड गुिरएको । राज्य सरकारले पीडित परिवारलाई चार लाख दिने घोषणा गरेको सम्पूर्ण उपचार खर्चको जिम्मा राज्य सरकारले लिने जानकारी गराएका छन् । दलित नेतृ मायावतीले विजेपीको सरकार गठन भएपछि दलितहरुप्रति उत्पीडन बढेका बताइन् । राजस्थानमा डेल्टा मेगवलाको बलात्कारपछि हत्या, केरलामा जिसाको हत्या, हरियाणामा दलित छात्रामाथि सामूहिक बलात्कार । यी भारतमा भएका दलितहरुमाथि भएका अत्याचारका ताजा घटनाहरु हुन् । दलितहरुप्रति हुने हरेक अत्याचारहरु चाहे भारतमा होस या नेपालमा हिन्दू वर्ण व्यवस्थाबाट कथित उच्च वर्णकाहरुबाट निच वर्णहरुमाथि हुने गरेको छ । भारत नेपालमा राज्य धर्म निरपेक्ष भएपछि हिन्दूहरुले गौ रक्षाका नाममा दलित जनजाति माथि अत्याचार गरेका छन् । तराईमा चमारहरुले मरेका पशु बिर्सजन गर्दा उनीहरुमाथि हत्याको आरोपमा अमानवीय यातना दिने गरेका समाचार सार्वजनिक भएका छन् । पहाडमा मरेको गोरु खादाँ तमाङ्गले १२ वर्ष जेल भोग्नु परेको छ ।
 नेपालमा अजित मिजार हत्या र दाङ्ग ज्यामिरे बस्ने २१ वर्षे सेती परियारलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्दै दिसा खुवाइएको घटनालाई न त समाचार माध्यमले प्रथमिकताका साथ प्रसारण गरे न त राज्यको सम्बन्धित निकायले गम्भीरतापूर्वक लियो । घटनाको प्रकृति र गम्भीरता उस्तै–उस्तै भए पनि नेपालको राज्य संयन्त्र मौन नै छन् । गैरदलितहरुको पनि आवाज सुनिएको छैन् । उत्तिकैमा भारतमा चार दलित पिटिदा गृहमन्त्रीले लोकसभामा घटनाको जवाफ दिनु प¥यो । दक्षिण एसियाका बीस करोड दलितहरु मान्छे नहुनुको पिडा भोगीरहेका छन् । जब सम्मानसँग जिउँन सम्भव हुदैन तब दलितहरु मर्छन, तर अबको मराई राज्य र समाजका निम्ति महँगो हुनसक्छ । यालंबर टाइम्स बाट

No comments:

Post a Comment