बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिट गरेको लक्ष्मीको मृत्यु


विभेद बिरुद्ध अभियान- काठमाडौं, २५ मंसिर ।बोक्सीको आरोपमा मत्रमुत्र खुवाएर कुटिएकी काभ्रेको सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ । परियारलाई तीन दिन अघि स्थानीय हिरा लामा र उनकी आमाले बोक्सीको आरोपमा कुटपिट गरी डोरीले बाँधेर मलमुत्र खुवाएका थिए । पीडितले प्रहरी कार्यालय चौवासमा निवेदन दिएपछि प्रहरी र स्थानीयको रोहोबरमा बिहीबार मात्रै मिलापत्र गरिएको थियो ।

मिलापत्र गरेको २४ घण्टा बित्न नपाउँदै लक्ष्मीको मृत्यु भएपछि उनको माइती पक्षले हत्या भएको दावी गर्दै कारवाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी सहकुल थापाले घटनाबारेमा अनुसन्धान भइरहेको बताए । थापाकै निर्देशनमा प्रहरी कार्यालय चौवास र कात्तिके देउरालीको प्रहरी टोली घटनास्थल पुगेका छन् ।

No comments:

Post a Comment