परियारको मृत्युबारे बुझ्न मानवअधिकारको टोली घटनास्थलमा

बिभेद बिरुद्ध अभियान - २७ मंसिर, बनेपा- काभ्रेपलाञ्चोकको सानोबाङथली गाविस–७ मा भएको लक्ष्मी परियारको मृत्यु प्रकरणबारे जानकारी लिन आज मानवअधिकारवादीहरुको एक टोली घटनास्थल पुगेको छ ।सो गाविस निवासी परियारको मृत्युको विषयमा विभिन्न खालका भनाइ बाहिर आएपछि सत्यतथ्य पत्ता लगाउन मानवअधिकारवादीहरुको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

‘पीडितका छोरा बाहेक कसैले पनि मलमूत्र खुवाएको भनेका छैनन् तर कुटपिट गरेको देख्नेले मलमूत्र खुवाएको पनि देख्नुपर्ने हो,’ प्रहरी नायब उपरीक्षक राईले भने ।यसैबीच, मृतकका श्रीमान् मिलन परियारसहित चार अभियुक्तलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकमा आइतवार कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।
सानोबाङथली गाविस–७ स्थित सूर्योदय माध्यमिक विद्यालयका शिक्षक हीरा लामा, उनकी आमा साहिली तामाङ र निरमाया तामाङलाई प्रहरीले शनिवार नै घरबाट पक्राउ गरेको थियो ।सो घटनामा कुटपिटबाट नै परियारको मृत्यु भएको प्रहरीको अनुमान छ । मृतककी १० वर्षिय छोरा सुमन नेपालीले सूर्योदय मावि परिसरमा शिक्षक हीरा लामाले कुटपिट गरेको र उनकी आमाले बोक्सी भन्दै दिसा खुवाएको आरोप लगाएका छन् ।दिसा खुवाएको हो वा होइन भन्नेबारेमा प्रहरीबाट अनुसन्धान भइरहेको राईले बताए ।

उनले केही स्थानीय महिलाले दिसा खुवाएको नदेखेको उल्लेखसहित मृतक परियारविरुद्ध मादक पदार्थ सेवन र गाली बेइज्जत गरी गोठमा भैंसी काटेकाले कारवाहीको माग गर्दै प्रहरी चौकी चौबासमा उजुरी परेको र त्यसमा मिलापत्र समेत भएको बताए । तर मिलापत्र भएको भोलिपल्ट शुक्रबार परियारको मृत्यु भयो ।

No comments:

Post a Comment