बिश्वकर्मालाई व्राम्हणले कन्यदान गरेरै छोरी दिए


प्रेम सुनार-बिभेद बिरुद अभियान - गुल्मी, पौष–५ । जन्मे देखि ५० वर्षको उमेर सम्म चरम जातिय विभेद र छुवाछुत प्रथाले पिडित हुुँदै आएका गुल्मी अर्वेनी–२ का ईन्द्रबहादुर सुनारका चार भाई छोराहरुले भने त्यो विभेदलाई तोड्दै स्वजातिय देखि विविन्न जात–जातिका युवतीहरु संग अन्तरजातिय विवाह गरेका छन् ।

जेठा छोरा चन्द्रले स्वजातिय युवती संग विवाह गरेका छन् । माईला छोरा मनोजले चौधरी थरीकी युवती संग विवाह गरेका छन् । साईला छोरा रमेशले हमाल थरकी र कान्छा छोरा सुर्यले श्रेष्ठ थरीकी युवती विवाह गरे पछि उनका चार भाई छोराका चार जात वुहारी बनेका हुन् ।
विभिन्न चार जात–जातीका छोरीहरु एउटै घरका वुहारी बनेर मिलेर बसेको ईन्द्रबहादु बताउँछन् । ‘कथित माथील्ला जातीले गाउँमा अझै पनि धारामा पानीको गाग्री छुईन्छ कि भनेर तिर्कन्छन तर उनिहरु जस्तै गैह्र दलित युवतीहरु मेरा छोराहरुका अर्धङ्गनी बनेका छन्’ उनिहरुका लागि यो लोप्पा पनि हो । ’
त्यसबाट जातिय विभेदका कट्टरवादीहरुलाई राम्ररी झट्का पुगेको उनी बताउँ छन् । त्यसो त अर्वेनी २ मै अर्का एक दलित युवा संग व्राम्हण समुदायकै माईतीजनले मन्दिरमै आएर छोरीको कन्यादान गराई दिए पछि त्यहाँका कट्टरवादीहरु तिन छक परेका छन् ।
अर्वेनी २ का लालबहादुर सुनारका छोरा तिलक सुनार संग अस्लेवाका टिकाराम पाण्डेकी छोरी देवि पाण्डे संग अर्वेनीको शिरमा रहेको शिद्धवाव मन्दिरमा विवाह गराईएको हो । छोरीको कन्यादान गराई दिन वावु टिकाराम आमा, दाजु भाई दिदी वहिनीहरु समेत आएको सुनार परिवार बताउँ छन् । त्यसो त केहि महिना अघि गुल्मी कै तम्घासका एक दलित युवालाई पनि पाल्पा अर्गेलीको श्रेष्ठ परिवारले आफ्नो आँगन मै पाउ पुजेर छोरी दिएका थिए ।गुल्मी टाइम्स बाट 

No comments:

Post a Comment