हङकङमा लोकेन्द्र परियारको पहलमा विश्वस्तरको खेल सम्पन्न

विभेद बिरुद्ध अभियान - मंसिर २६,हङकङ। एक नेपाली खेलप्रेमी र खेलाडीको पहलमा विश्वस्तरको बडीबिल्डिङ प्रतियोगिता भर्खर सम्पन्न भएको छ । हङकङमा भर्खरै सम्पन्न बडीबिल्डिङ प्रतियोगितामा ३० देशका ३ सय ५० प्रतिस्पर्धीहरु सहभागि थिए । मिस्टर ओलम्पिया एसिया २०१६ नाम दिइएको उक्त प्रतियोगितामा नेपालका चार जना प्रतिस्पर्धी सहभागि थिए । प्रतिस्पर्धामा नेपालका रामहरी खनाल ७० केजी वेट क्याटेगोरीमा टप फाइभमा पर्न सफल हुनु भएको छ । 
यस्तै नेपालबाट जविन राई, देबराज पराजुली र ज्ञान बहादुर लिम्बु्ले पनि प्रतिस्पर्धा गर्नु भएको थियो । प्रतिस्पर्धामा नेपाली खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरेका थिए । नेपाली खेलाडीले अवसर पाएमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्नसक्ने यो प्रतियोगिताले पुष्टि गरेको हिमालयन किङडम नेप्लिज फेडरेशन अफ बडीबिल्डिङ एण्ड फिटनेश का इन्टरनेशनल प्रेसिडेन्ट लोकेन्द्र परियारले बताउनु भएको छ । 
नेपालमा आइएफबीबी भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका पूर्व धर्मश्री समेत रहिसक्नु भएका परियारले विश्वस्तरको यो प्रतियोगिता गराउन ठूलो पहल गर्नुृभएको नेपाली खेलाडीहरुले बताएका छन् ।  झण्डै आधा दशकदेखि बडीबिल्डिङको अन्तराष्ट्रिय रेफ्रिको भूमिकामा समेत रहदै आउनु भएका परियारले आउँदा दिनमा नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय पदक जित्नेमा आफू ढुक्क भएको बताउनु भएको छ । नेपालमा पनि अन्तराष्ट्रिय स्तरको बडीबिल्डिङ प्रतियोगिता छिट्टै गराउने पहलमा आफू रहेको परियारले बताउनु भएको छ ।

No comments:

Post a Comment