आरन पेशा अँगाल्दै आएका दलित समुदाय व्यावसायिक बन्दै

विभेद विरुद्ध अभियान - म्याग्दी, मंसिर २३ । म्याग्दीमा परम्परागत रुपमा आरन पेशा आवद्ध दलित समुदायले अन्नसँग श्रम बिनिमय गर्ने बालीघर प्रथालाई परिवर्तन गरि व्यावसायिक बन्न थालेका छन् ।

काम एउटै भए पनि पहिले सिजन अनुसारको अन्न लिएर धातुका काम गर्ने उनीहरुले पछिल्लो समय भने आफूले श्रम गरेबापत नगद ज्याला लिन थालेका हुन् ।

बालीघरे प्रथाबाट जीविकोपार्जन भए पनि जीवनस्तर परिवर्तन हुन नसकेपछि श्रमबापत अन्न पारिश्रमिक लिँदै आएका उनीहरुले नगद ज्याला निर्धारण गरि आरन पेशालाई व्यावसायिक बनाएका हुन् ।

घरायसी र कृषि कामकाजमा प्रयोग हुने हँसिया, खुकुरी, बञ्चरो, बाउँसो, कुटो, कोदालो, फालीलगायत धातुका सामग्री निर्माण र मर्मत गरेबापत आरन पेशा गर्नेलाई सिजन अनुसार पारिश्रमिकका रुपमा कोदो, मकै, गहुँ, धान आदी दिने चलन हट्दै गएको छ ।

No comments:

Post a Comment