दैलेखकी सामाजिक अभियन्ता पार्वती बिशुन्केलाई भजन मानवअधिकार पुरस्कार

विभेद विरुद्ध अभियान । मंसिर  २२ - यसबर्षको भजन मानवअधिकार पुरस्कार दैलेखकी सामाजिक अभियन्ता पार्वती बिशुन्केलाई प्रदान गर्ने निर्णय भएको छ । मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील व्यक्तिको नाम सिफारिस गर्न गठित समितिले बिशुन्केलाई भजन मानवअधिकार पुरस्कार दिने निर्णय गरेको हो । 

मानव अधिकारको मूल्य र मान्यतामा प्रतिवद्ध भई मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा क्रियाशील उपयुक्त ब्यक्तिको प्रस्तावित गर्न सार्वजनिक आह्वान गरेको छनौट समितिले समितिमा प्राप्त प्रस्तावित नामहरु मध्ये दलित समुदायमा जन्मेर जातीय बिभेदको अन्त्य, मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा बिगत १५ बर्षदेखि क्रियाशीत दैलेखकी बिसुङ्केलाई पुरस्कारका लागी छनौट गरिएको छनौट समितिका सदस्य मैमुना सिद्धिकिले जानकारी दिए । 

महिला, बालबालिका तथा दलित अधिकारका क्षेत्रमा २०५८ सालदेखि सक्रिय बिसुङ्के स्थानीय शान्ति समिति दैलेखकी संयोजकमा हालै चयन भएकी छन् । प्रत्येक २ बर्षमा प्रदान गरिने भजन मानवअधिकार पुरस्कारको राशी २५ हजार र सम्मानपत्र रहेको छ । इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जका वरिष्ठ अधिकृत भजनराम चौधरीको प्रात भ्रमण सकेर घर फर्कँदै गर्दा ०६९ जेठ १६ गते बसले ठक्कर दिँदा मृत्यु भएको थियो ।

No comments:

Post a Comment