“महिला हिंसा बिरुद्ध अभियान : लक्ष्मी परियार” -राम कुमार परियार

बिभेद बिरुद्ध अभियान - मंसिर २८ , महिला हिंसा अर्थात बर्षै पिच्छे मनाउदै आएको महिला अधिकारको वकालत र रक्षाको मुलमन्त्र । अहिले बर्षै पिच्छे १६ दिने महिला हिंसा बिरुद्धको अभियान भनेर मनाउने गरेको पाईन्छ । बिभिन्न कार्यक्रमहरु तयार गरिन्छ । बिभिन्न होटल अनि रिसोर्टहरु भरिन्छन महिला हिंसा बिरुद्धको यो १६ दिने अभियानले । बिभिन्न भाषण अनि कार्यपत्रहरुमा महिला हिंसा बिरुद्धको शब्दहरु कोरिएको भेटिन्छ । बिभिन्न शब्दहरु अनि साहित्यहरुमा महिला हिंसा बिरुद्धको बयान गुन्जिरहेको छ । तर, ब्यवहारमा त्यहि महिला हिंसाहरु हाम्रो समाजमा दिनादुदिन बढिरहेको पाईन्छ ।

भर्खरै मात्र राजधानी छेउको जिल्ला काभ्रेपलाञ्चोकमा एउटा निकै नै कहालीलाग्दो घटना घटेको छ । लक्ष्मी परियार, एउटा महिला त्यसमा पनि दलित समुदायको जसलाई समाजमा रहेका शिक्षक भनाउदा ब्यक्तिले उसको छोरोको सामुन्नेमा वस्त्रहिन बनाएर, पोलमा बाधेर, दिसा खुवाई, मनपरि तरिकाले कुटेर प्राण त्याग गर्न बाध्य पारेका छन । कस्तो भयो होला त्यो छोरालाई जब उसको आमालाई त्यसरी आफ्नै अगाडी वस्त्रहिन बनाएर, दिसा खुवाएर, पिटेर मृत्युको मुखमा पुगेको देख्नु प¥यो ।

यो कसैको लागी पनि सामान्य बिषय होईन । के कसैले सोच्न सक्छ यस्तो कुरा । सपनामा पनि सोच्न नसक्ने यस्तो कुकृत्य कसरी त्यो एउटा अबोध बालकले हेर्न सक्यो होला । कुन छोरा होला त्यस्तो जसले आफनो आमालाई त्यसरी मृत्युको मुखमा पुगेको देख्न सक्दछ । तर, त्यो १० बर्षिय अबोध बालकले यस्तो नियतिको सामना गर्नु परेको छ । शिक्षक जस्तो मर्यादा पेशामा रहेका ब्यक्तिले यस्तो घृणित कार्य गर्न पछि पर्देन भने हामीे यो समाजबाट के अपेच्छा राख्ने, आशा राख्ने र कस्तो बदलिदो समाजको परिकल्पना गर्ने । यस्तो घृणित कार्य गर्नेलाई सजाय दिनुको सट्टा बचाउन खोज्ने प्रहरी प्रशासनको कार्यलाई के भन्ने ।

प्रहरी प्रशासनको कार्य भनेको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गनु पर्ने ठाउमा उल्टो दोषीसँगै मिलेर दोषीलाई नै सहयोग गर्ने त्यस्तो प्रहरी प्रशासनको के काम ?. समाजको सुरक्षाको लागी बसेको प्रहरी नै समाजको बिपरीत हुने हो भने हाम्रो समाजमा त्यस्तो प्रहरी प्रशासनको के काम ? त्यसैले, त्यो दोषीलाई त कारबाही गर्ने पर्छ तर यदि त्यो दोषीलाई सहयोग गर्ने प्रहरी हो भने ती प्रहरी र संलग्न सबैलाई कारबाही गर्नु आवश्यक छ । के महिला त्यस माथी पनि दलित भएकैले लक्ष्मीले न्याय नपाइकी हुन त ? राज्य कहाँ चुकेको छ ? हामी कुन समाजमा छौं । जुन अझै पनि बोक्सीको नामले समाजमा महिला माथि बिभेदहरु भईरहेका छन । कहिले बोक्सी, कहिले पानी छोईएको निहुँमा अझै पनि हाम्रो समाजमा महिलाहरु किन यस्तो हिंसा र बिभेदहरु सहन बाध्य भईरहेका छन ।

आखीर किन सबै मौन छन । राज्य र यसका निकायहरु किन मौन छन रु. सामाजिक संजालहरु पनि किन मौन छन ? .दलित संस्थाहरु पनि किन यस घटनालाई लिएर अगाडी बढन सकेको छैन किन मौन भएर बसी रहेका छन रु. आज नारी अधिकारका कुरा गर्ने नारीहरु कहाँ छन । लक्ष्मी परियारलाई न्याय दिलाउनको लागी उनको मृत्युको कारण सम्बन्धित ब्यक्तिलाई सजाय दिलाउनु आवश्यक छ ।

यदि समाजमा यस्ता कुकृत्य गर्नेहरु बाचिरहने हो भने भोली कैयो आमाहरु जसले आपनो अकालमै ज्यान गुमाउनु पर्ने हुन्छ। यहाँ जात हेरेर ब्यवहार नगरौं । जात भन्दा अघि लक्ष्मी एउटा नारी हुन । तसर्थ नारीको हक अधिकारको लागी बोल्ने हे नारीहरु आज लक्ष्मीको हत्यारालाई सजाय दिलाउन तिमीहरुको पनि आवश्यक छ ।
त्यस्तै, दलितका अगुवाहरु जो दिन दिनै समाजमा दलितका समस्याहरुको बारेमा छलफल गर्नु भन्दा पनि आज लक्ष्मीको न्यायको लागी तिमिहरुको आवश्यक छ । खै किन हाम्रा दलितका लगुवाहरु यस घटनाको बारेमा मौन भएर बसिरहेका छन ?.

राज्य जसले महिला र दलितको लागी आवश्यक कानुनको निर्णय गरेको छ आज त्यो निर्णयको आवश्यक छ । लक्ष्मी परियारको हत्यारालाई कारबाही गर्न र लक्ष्मीको आत्मालाई शान्ति प्रदान गर्न । राज्य अब जवाफ देहि हुनु पर्छ लक्ष्मीको १० बर्ष र २ बर्षको बच्चाको लागी, उनिहरुको लालन पोषण र शिक्षाको लागी । अभिभावक बिहिन संसार र समाज सहज छैन तर पनि राज्यले लक्ष्मीको बच्चाको लागी सुरक्षीत भविष्यको सुनिश्चितता गर्नु पर्दछ ।

त्यसैले यहाँ जातियताको मात्र कुरा छैन । एउटा महिलाको छ तसर्थ सबैले आ आफनो तर्फबाट यस घटनाको बिरुद्धमा आवाज उठाउ र आवश्यक कारबाहीको लागी पहल गरौं साथै लक्ष्मी परियारको बाल बच्चाको सुनिश्चित भविष्यको लागी आवश्यक पहल गरौं ।
~~
बिराटनगर–११, मोरङ्ग

No comments:

Post a Comment