लक्ष्मी परियारको हत्याबारे दलित एकता सञ्जालले गर्यो स्थलगत प्रतिवेदन सार्वजनिक

विभेद बिरुद्ध अभियान , काठमाडौं, ६ पुस । गत मंसिर २३ गते काभ्रेपलाञ्चोकको सानो वाङथलीकी ३३ बर्षिया लक्ष्मी परियालाई मलमुत्र खुवाएर हत्या गरेको बिषयमा दलित एकता सञ्जाल, अन्तर्राष्ट्रिय समन्वय समितिले स्थलगत् प्रतिवेदन सार्वजनिक गरेको छ ।
बुधबार रिापोर्टर्स क्लब नेपालमा समन्वय समितिले पत्रकार सम्मेलन गरेर दोषीमाथि हदैसम्मको कारवाहीको माँग गर्दै पाँच जनाको टोलीले स्थलगत् अध्ययन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष भगवती घिमिरेले बोक्सीको बारेमा कडा कानुन बनेपनि यसको कार्यन्वयमा सरकार चुकेको आरोप लगाईन ।
अध्यक्ष घिमिरेले कानुनको बर्खिलाप गरेर मानवलाई मलमुत्र खुवाई, पोलमा बाँधेर कुटिकुटि मार्नुलाई जघन्य अपराधको रुपमा लिएर सरकारले पिडकलाई कडा भन्दा कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिन दिनेमा गृहकार्यमा जुट्नको लागि आफु संधै तयार रहेको बताईन् ।
उनले अघि थपिन्,‘मृतक परियारका १३, १० र २ बर्षिया क्रमश छोरा सागर, सुमन र सुशिलको राज्यले स्वास्थ्य, शिक्षा र लालनपालनको जिम्मा लिनुपर्छ, प्रमुख राजनीति दलको ईच्छा शक्ति हुने हो भने समाजमा घटित घटनाहरूले प्रशय पाउँदैनन् ।’
त्यस्तै कार्यक्रमा दलित एकता सञ्जाल नेपाल, अन्तर्राष्ट्रिय समन्वय समितिका आस बहादुर नेपालीले लक्ष्मी परियारको हत्यामा संलग्नलाई तत्काल कारवाही गर्नको लागि सरकार समक्ष जोड्दार माग गरेका छन् ।
उनले अघि थपे,‘हाम्रो संस्थाले लामो समय देखि यस्ता जघन्य अपराधलाई नजिक रहेर हेर्ने त्यसले समाजमा पारेको असर र प्रभावलाई मध्यनजर गरेर न्याएको पक्षमा उभिने गरेको छ, लक्ष्मीको विषय विषयलाई हामीले कदापि पनि साम्य पर्ने दिदैनौँ ।’
कार्यक्रममा जितु गौतम, सिताराम घले परियार, हस्त बहादुर बि.क, तिलक विश्वकर्मा, शान्ता नराल, शुष्मा शर्मा लगायतले आफ्ना बिचार रखेका थिए भने कोमल गहतराजले प्रतिवेदन वाचन गरेकी थिन् ।

No comments:

Post a Comment