लक्ष्मी परियार मृत्यु प्रकरणमा जोडिएकालाई कारबाही माग गर्दै प्रदर्शन

विभेद बिरुद्ध अभियान,  मंसिर २८ - ‘बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिटपछि मृत्यु भएको भनिएकी’ काभ्रे सानो वाङथली–७ की लक्ष्मी परियारको मृत्यृ प्रकरणमा जोडिएकालाई  कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । मंगलबार काठमाडौंको माइतीघर मण्डलामा युथ एड्भोकेसी नेपालले मृत्यु प्रकरणमा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो । 

मंसिर २० गते पनि मेलाबाट फकर्ने क्रममा स्थानीय शिक्षक हिरा तामाङ र उनकी आमा काइलीसँग विवाद भएपछि दुबैले कुटपिट गरेका थिए । मृतक पक्षका १० वर्षीय छोरा र आफन्तले आमालाई स्थानीय सुर्योदय माविको खेलमैदानमा बाँधेर मलमुत्र खुवाएर पिटेको दाबी गर्दै आएका छन् । त्यसपछि लखेट्दै मेलडाँडामा आएका हिरा र उनको आमा बाटो छेकेर चिर्पट र खुट्टाले प्रहार गरेको छोराले दाबी गरे ।

प्रत्यक्षदर्शी कान्छी तामाङले भने लक्ष्मीले अपशब्द बोलेकोले लठ्ठीले पिटे पनि मरणासन्न हुने गरी नपिटेको दाबी गरेकी थिइन् । २१ गेत काइली तामाङ र छेडुप तामाङले लक्ष्मी विरुद्ध भैंसी काटेको आरोपमा उजुरी दिएपछि २३ गते प्रहरीले दुबै पक्षलाई राखेर लक्ष्मीले १ हजार र पुरानो ५ हजार उपचार खर्च गरी ६ हजार तिर्ने शर्तमा मिलापत्र गरेको कागज तयार गरेको थियो । 

२०७१ सालमा स्थानीय माइली विकालाई कुटपिट गरेको विषयमा उपचार खर्चबापत ५ हजार दिने गरी मिलापत्र भएपनि रकम चुक्ता नगरेको भन्दै ६ हजार तिर्ने शर्तमा मिलापत्र भएको थियो । मिलापत्र कागजमा दुवै पक्षले सही गरेका छन् । तर, मिलापत्रको कागजमा सही गरेकी एक हस्ताक्षरकर्ताले प्रहरीले पढेको मुचुल्कामा आफूले सही मात्रै गरेको बताइन् । 

सोमबार घटनाको थप जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगको टोली घटनास्थल पुगेको कान्तिपुरमा खबर छ  ।


No comments:

Post a Comment