दलितलाई बोक्सी देख्नेहरु - कृष्ण प्रसाद शर्मा

बिभेद बिरुद्ध अभियान - पौष ५  धेरै बर्षदेखी राणा फालेका कथा, पंचायत फालेका निबन्ध र राजा फालेका जुङ्गाको शान हामीले पढेकै छौ र त्यसको व्याज अझै खाँदै छन् । तर दलित माथीको छुवाछुत र कुरुती फालेका कथा यो कानले सुनेको छैन । कुरुती राणा शासन, पंचायति व्यवस्थादेखी गणतन्त्रसम्म आईपुग्दा सबैको गती नभएपनि आजको दिनसम्म यसबाट धेरै पिडित छन् । 
कृष्ण धाराबासीको कथामा देखिएको सति प्रथाको कथा आज भोग्न नपरेकालाई हेर्दा कति पिडा हुन्छ भने आज भोग्दै आईरहेको बोक्सीको पिडा फिलिममा मात्र हेर्न कहिले पाईएला । हरेक धर्ममा त्रुटी छन् तर त्यसलाई हामी त्रुटी देख्दैनौ । हरेक जातमा केही अमान्य व्यवहार छन् त्यसलाई हामी संस्कारको नाम दिन्छौ । हरेक समाजमा केही बिभेदकारी काम हुन्छन् जसलाई मिलापत्रमा टुङ्गाईन्छ । महिला हिंसाका बारेका तारे होटेलका बहस र श्रीमान श्रीमिती बीचको सहबास अनुमती खोज्नु पर्ने मानवअधिकार तिरमा जान्न । सासुको गोडा ढोग्नुलाई दमन र महिलामाथीको हिंसा देख्ने अधिकारीबादीलाई मानव मलमुत्र खुवाएर बोक्सीको आरोप लगाएर दिन दाहाडै ज्युँदै आगो लगाउने र कुटपीट गर्ने काम साधारण लागेको देखिन्छ । हिमाली भेगमा कुरुती नभएका होईनन् तर पहाड र तराईको तुलनामा ज्यादै कम छन् साथै कम ज्याजदी पुर्ण छन् । धामी झाँक्री नभएको कुनै पनि गाउँ छैनभने झाँक्रीका बरमा रोग पालेका कुनै ठाउँ बाँकी छैन । सबै जातमा बोक्सीको आरोप प्रत्यारोप भएपनि दलितमा सबै भन्दा बढी छन् । गरीब, दलित र एकल महिला बोक्सी भन्नका लागी समाजले तयार पारेको मानाङक हो । अझै यि तीनै कुरा एउटै व्यक्तिमा देखियो भने बोक्सीको लाहछाप लगाईन्छ जहाँ पढेलेखेकादेखी शिक्षक समेत पिडक देखिन्छन् । दलितलाई बोक्सीको आरोप लगाएर मानव मलमुत्र खुवाएको काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई मात्र होईन देशका अधिकांश भाग जहाँ जहाँ बोक्सीका ओराप र झगडा हुन्छन् त्यसमा दलित नै बढी पिडित छन् कित अन्य जातका एकल महिला यो किन यस्तो हुन्छ । मंसिरको पहिलो साता दोलखा हावा गा.बि.स–३ की ७२ बर्षिय तीर्थमाया विश्वकर्मालाई बोक्सीको ओरापमा दिसा खुवाईयो भने कुटपीटले औंला नै भाँचिदिए । यस्तै केही बर्ष पहिले ४५ बषिककय कल्ली बिकलाई ललितपुर जस्तो राजधानीमा बोक्सीको ओराममा कुटपीट गरेर दिसा समेत खुवाईयो । यो देशमा यस्ता केश दर्जनौ छन् जहाँ मकवानपुरकी नीरमाया स्याङतासदेखी सप्तरीकी नुरझा खातुनसम्म छुटेका छैनन् जसलाई कतै कुटपीट कतै कालोमोसो दलेको त कतै हत्या नै गरिएको छ । दलितलाई मात्रै यस्ता घटनामा दोषी देखाउनु प्रमुख कारण चाहि यिनीहरूको समाजिक सम्बन्धको घेरामा बलबान, धनबान र पहुँचवाला हुँदैनन् जसका कारण बात लगाउन र ओरापमा फसाउन गाह्रो छैन । 
दलितको मनोबल शुरुदेखी नै गईराईएको छभने अधिकांश दलितका मुद्दा दर्तासम्म हुँदैन पिडितलाई साथ दिने कोही हुँदैन पनि । नेपालको संविधानले बाच्न पाउने अधिकार सबैलाई दिएको छ भने कानुनी उपचारको हक समेत दिएको छ जहाँ मुलुकी ऐनको अदालती महलको दफा १०(ख) अनुसार तीन महिनादेखी दुई बर्षसम्म कैद र पाँच हजारदेखी २५ हजार रुपैयाँसम्म जरिवाना व्यवस्था तोकिएको छ । तरपनि दलितका मुद्धा दर्ता गराउनै गाह्रो केही गरी मुद्धा दर्ता भईहाले फिर्ता लिन दबाब र फिर्ता नभए मिलापत्र गराईन्छ । देशैभरी फैलिएर रहेको दलितका कारण अन्य जातजातीका मान्छेहरूमा ठूलो सहयोग भएको छ तर जब दलितको समस्या आउँछ प्रायः उनीहरूलाई एक्लाई दिने देखिन्छ । बोक्सी एक सामाजिक अपराध हो जसका कारण मान्छेको सर्वस्व गुम्छ तरपनि यसलाई यति हल्का किन लिईन्छ । बोक्सी कुरुती हो अन्धविशवास हो तर अहिलेसम्म घटेका घटनाहरूमा अधिकाँश पढेलेखेका मान्छेहरूबाट नै पिडित भएको तथ्य छभने त्यस माथि दलितमाथीको आरोप निकै माथी छ । यो समाजमा गरीब हुनु, दलित हुनु पाप हो जस्तो हुँदै गएको छ । कामका आधारमा जातपातको व्यवस्था गरिएको भए अब कामको प्रकृति फेरियो यसको पुनरपरिभाषित गर्नु जरूरी छ । जब मान्छेको कोही हुँदैन उसको गरीबी र साहाराबिहिन देखेपछि उसलाई अनेक आरोप लगाईन्छ त्यसको प्रमुख निशाना अहिले दलित छन् । दलित बाहेक अरू जातमा एकल महिलालाई बोक्सीको आरोपमा अमानविय व्यवहार गरिएको छ । अधिकांश दलितको आर्थिक स्थिती कमजोर छ । उनीहरू आफ्नो सबै शक्ति हातमुख जोर्नेमा खर्च गर्नुपर्छ । यदि बोक्सीको आरोपमा कसैले मुद्दा हाल्ने छाँट देखे त्यसको अगावै पिडितलाई नै दोषी देखाएर उच्च तथा पहुँचवालाहरूले मुद्दा दर्ता गरिदिन्छन् । काभ्रेकी लक्ष्मी परियारलाई पनि उनले रक्सी खाएर खुकूरी बोकेर हिडेको भन्ने झुटा कुरा बनाएर पहिले नै मुद्दा दर्ता थियो ताकी प्रहरीले पिडितलाई भन्दा पिडकलाई संरक्षण दिने काम होस् भनेर । दलितलाई बोक्सीको आरोपमा तराईमा हरेक दिन घटना घट्छन् तर पहाडमा जस्तो अधिकारकर्मी पनि त्यहाँ छैनन् भने त्यहाँ खुलेआम बोक्सीभन्दा पनि कसैले अचम्म मान्दैन ।
 गत बर्ष समकोण नामक कार्यक्रममा दुई जना पुरुषले बोक्सी हुन्छन् र भेदभाव गरिन्छ भनेर खुलेआम त्यहाँ एक दलित महिलालाइ देखाएर बोक्सी भनिदिए तर सबैले यसलाई सहजै लिए । यस्ता घटना प्रतिनिधि उदाहरण हुन । राज्यले कानुन बनाएको छ अधिकारबादीको भीड छ तर दलितलाई उपेक्षा गरिन्छ । त्यसैले अब बोक्सीको योग्यता दलितमा मात्र देख्नेहरूलाई अहिलेको विद्यमान् कानुनले पुग्दैन र थप अधिकार दिएर स्थानीय तहमै त्यसलाई अन्त्य गर्नतिर लागौ । दलितको सीपले समाज सुन्दर बनाउने तर सोच किन कुरुप छ सोचौ र बोक्सीको ट्याग दलितलाई र एकलमहिला कसैलाई नबोकाउ । हामी २१ को शताब्दीमा छौ, फोन स्मार्ट बोकेर होईन सोच स्मार्ट बनाऊ ! - जनमंच बाट साभार 

No comments:

Post a Comment