जातीय विभेद मुद्दामा प्रहरीद्वारा मिलापत्र


ओखलढुङ्गा । ०७१ पुस १८ गते
प्रहरीले जातीय विभेदको मुद्दा मिलापत्र गराएको छ । पीडकलाई माफी माग्न लगाइ उपचार खर्च समेत दिन भनेपछि जातीय विभेदको मुद्दा जिल्ला प्रहरी कार्यालयमा ०७१ पुस १८ गते मिलापत्र भएको हो ।

र्सार्वजनिक धारामा पानी खाँदा जातीय विभेद गरी ०७१ पुस १५ गते कुटपिट गरेको आरोपमा बरुणेश्वर गाविस-३ रामपुरका २० वर्षीया लीलादेवी  विकले पुस १६ गते सोही ठाउँका २८ वर्षीया विनीता राई र निजकी छोरी अस्मिता राईविरुद्ध जातीय विभेदको उजुरी गरेका थिए । प्रहरीले आरोपितलाई झिकाएर छलफल गरेपछि मिलापत्र गर्न दबाव दिएको पीडितले बताएका छन् । 'मिलेर बसे नै छिमेकमा राम्रो हुन्छ भन्दै मिल्न भनेकाले उपचार खर्च लिएर मिलेका हौँ ।पीडितका पति भीमबहादुर विकले भने ।

आरोपितद्वयलाई प्रहरीले पुस १७ गते गिरफ्तार गरेको थियो । कुटपिटबाट घाइते लीलादेवीको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार भएको छ । प्रहरीले नै एकपटक माफी दिन दबाव दिएकाले आफूहरूले प्रहरी कार्यालयमै मिलापत्रको कागज गरेको पीडित पक्षको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बर विकले दुवै पक्ष मिल्न तयार भएर आएकाले मुद्दा अगाडि नबढाएको बताए ।

No comments:

Post a Comment