दलित बस्तीकोे वासिन्दाहरुको अवस्था दिनानुदिन कष्टकर हुदै

file pic

सञ्जय कुमार मिश्र  गौर ,माघ ८ गते ।सरकारले दलित गरिब उत्थानकालागि विभिन्न कर्यक्रम संचालन गरेपनि गौर नगरपालिका १२ स्थित ढांगर टोलका दलित बस्तीकोे वासिन्दाहरुको अवस्था दिनानुदिन कष्टकर हुदै गएको छ ।
   सरकारले दलितहरुको विकासकालागि उच्च प्राथमिकतामा राखेर शिक्षा,स्वास्थ्य क्षेत्र लगायत विभिन्न तचेतनामुलक कार्यक्रमहरु संचालन गरेपनि उनीहरुको पहुंचभन्दा बाहिर रहेका कारण ढांगरबस्तीको वासिन्दाहरुको अवस्था दयनिय रहेको हो ।
   गौरनपासंगै रहेको ढांगरटोलमा शुद्ध खानेपानीको समस्या ,चर्पीको समस्या ,सरसफाइ तथा स्वास्थ्य उपचारको समस्याका लगायत नगरक्षेत्रभित्र रहेरपनि नगरपालिकाको सुखसुविधा उपलब्ध नहुनाले उनीहरुको विकास हुनुको साटो मmन समस्याग्रस्त हुदै गएको बताइएको छ ।
  सतरी घरपरिवार भएको वस्तिमा शुद्ध खानेपानीको समस्याले वस्तिाका वासिन्दाले हैन्डपाइपको अशुद्ध खानेपानी खान बाध्य भएका टोलका सागर राउतले बताउनुभयो ।ढांगर टोलमा आफनै लगानीमा जडान गरेको हैन्डपाइप विग्रेका कारण आर्थिक अभावका कारण मर्मत नहुनाले समस्या मmेल्नु परेको उहा“ले गुनासो गर्नुभयो ।
 नगरपालिकाद्धारा प्रत्येक आर्थिक वर्षमा नगरक्षेत्र भित्र शुद्ध खानेपानीकालागि हेन्डपाइप वितरण गर्ने गरेपनि त्यस्ता हैन्डपाइप गरिब दलितको साटो दलिय भागवण्डाले वितरण गर्ने गरेका  कारण गरिब ,दलित सरकारी सुविधाबाट वन्चित हने गरेको नगरवासीहरुले बताएका छन ।
  खानेपानी जस्तै चर्पीको अभावका कारण पनि टोलका वासिन्दाहरुलाइ खुल्ला क्षेत्रमा दिसा पिसाब गर्न बाध्यता रहेको अकौ राजकुमार महतोले बताउनुभयो ।उहा“ले वस्तिका वासिन्दालाइ खाने ,लगाउने लुगाको ,औषधि लगायत अन्य घरायसी आवश्यकताको पुरा गर्न समस्या रहदा रहदै शरिरको स्वस्थताको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेका चर्पीको टोलमा समस्याले मर्का खेप्नुपरेको महतोको भनाइ रहेको छ ।
  टोलमा रहेको प्राथमिक विद्यालय एलानी जग्गामा रहेकाले नजिककै आफनै जग्गामा सारिएपछि कतिपय टोलका विद्यार्थी विद्यालय समेत जान छाडेको स्थानिय राजकिशोर महतोले बताउनुभयो ।
 टोलका वासिन्दाको विकासकालागि  विभिन्न प्रलोभन दिएर बागजहरुहरुमा सही छाप गराएर लैजाने पनि केही सुविधा नदिने गरेका कारण अबदेखि हाीहरुको कसैमाथि विश्वास नहुने गरेको शलिन्द्र महतोले गुनासो गर्नुभयो ।
  सरकारले गाविसको बजेटमा दलित ,महिला ,अपा¨ ,बालबालिकाहरुको विकासकालागि आवश्यक रकम विनियोजन गरिएपनि त्यस्ता रकम लक्षित वर्गको पहुच भन्दा बाहिर रहनाले सम्बन्धित वर्गको उत्थानमा समस्या रहेको जानकारहरुको भनाइ रहेको छ ।
  स्मरणिय छ कि गर्त केही समय अघि गौर नगरपालिकाको भएको नगरपरिषदमा नगरपालिकाको अधिकांश विकास बजेट गौरमै हुने गरेकोमा वत्ताहरुले कडा आपति प्रकट गरेका थिए ।
 

No comments:

Post a Comment