आफैंले चलाएको ट्रयाक्टरले लोकनाथ दर्जीको ज्यान लियो

केशबप्रसाद भट्टराई/ उज्यालो ।  ताप्लेजुङ, माघ ११ - ताप्लेजुङको निगुरादिनमा आफैले चलाएको ट्रयाक्टरले ठक्कर दिँदा चालकको ज्यान गएको छ । ट्रयाक्टर रोकेर पिसाव फेर्न गएका चालक झापा धाईजन ६ बस्ने २३ बर्षका लोकनाथ दर्जीलाई त्यहि ट्रयाक्टरले पछाडीबाट ठक्कर दिएको हो ।
ठक्करपछि घाइते भएका उनको अस्पताल लैजादै गर्दा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो । तेह्रथुमको सग्रातीबजारबाट सामान बोकेर ताप्लेजुङतर्फ गैरहेको को २ प १३०३ नम्बरकोे ट्रयाक्टर आफै गुडेर पिसाव फेर्न गएका दर्जीलाई ठक्कर दिएकोे हो ।
दर्जीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

No comments:

Post a Comment