दुवै मृगौला फेल भएका सुभासलाई सहयोग गरिदिनु हुन आग्रह

रामकुमार परियार, २७ जनवरी , युएई ।
कतारमा वैदेशिक रोजगारीका क्रममा दुवै मृगौला फेल भएर अस्पतालमा थलिएका पोखराका सुभास परियारले उपचार खर्च जुटाउन आर्थिक सहायताको निम्ति अपिल गरेका छ्न ।

करिब २ वर्ष अघि कतारको बाक्रा स्थित चिली रेस्टुरेन्टमा कामका लागि आएका २१ वर्षिय सुभासको स्वास्थमा एक महिना अघि आकस्मिक समस्या आएपछि कम्पनीले अस्पताल भर्ना गरेको थियो । अस्पतालले दुवै मृगौला फेल भई सकेकाले प्रत्यारोपण गर्नुपर्ने बताएपछी कम्पनीले उनलाई घर पठाउने तयारी गरिरहेको त्यहाँबाट उनका सहयोगी पोखराका तुलबहादुर परियार (बागदास) ले जानकारी दिए ।
बाल्यकालमै बाबू गुमाएकाले बुढी आमा र एउटा भाईको पालन पोषण गर्ने अभिभारा पूरा गर्न खाडी भासिएका सुभास आफ्नै यो हालत हुँदा आँखा भरी आँसु टिल्पिलाएर अस्पतालको बेडमा पल्टिएका छ्न । उता उनकी बुढी आमा र भाईको समेत आँखामा आँसु नअडिएको बागदासले बताए । आर्थिक अवस्था एकदमै कमजोर भएकोले आफ्नो जीवन सहयोगी दाताको हातमा रहेको बताउँदै परियारले सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन । जसको निम्ति उनको आमा रुपा परियार को नाममा एभरेष्ट बैंक पोखरा को खाता नं. ०१६००५०१२०३८२७ मा सिधै सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाईएको छ । साथै कतार भित्र रहनु हुनेले तुलबहादुर बागदास वा शिव बास्तोलालाई ००९७४-५५१७३९४३ , ००९७४-५५१४४७५२ वा ००९७४-३३०१३७८२ मा सम्पर्क गरेर सहयोग गर्न सकिने बागदासले जानकारी दिएकाछन । मृगौला प्रत्यारोपण अत्यन्तै महँगो हुने हुँदा कम्तीमा १५/२० लाख रकमको आवश्यकता पर्ने गर्दछ ।
मानवीय भावनाले उनलाई नयाँ जीवन प्रदान गर्न सबैले सक्ने सहयोग गरिदिनु हुन बागदासले आग्रह गरेका छन । साथै उनले सम्पुर्ण सम्बन्धित सहयोगी व्यक्ती,संघसंस्था,सरोकारवाला र सञ्चारकर्मिहरु लाई सहयोग गरिदिनुहुन आग्रह गरेका छ्न ।

Source:-newshimalay.com

No comments:

Post a Comment