ईतिहाँसको पहिलो सर्वहारा वर्ग हो, दलित : डा बावुराम भट्टराई

विरु नेपाली
पुष २३
जागरण मिडिया सेन्टर

पुर्व प्रधानमन्त्रि डां बावुराम भट्टराईले ईतिहाँसको पहिलो सर्वहारा वर्ग नै दलित भएको बताउनुभएको छ ।
तारालाल श्रेष्ठद्धारा लिखित “बल्झिरहने अतित अल्झिरहने वर्तमान” पुस्तकको विमोचनका क्रममा डा. भट्टराईले दलित ईतिहाँसको पहिलो सर्वहारा वर्ग भएको बताउनु भएको हो ।
bhatrrai book launhc
संविधानसभाका सभासद तथा संवैधानिक राजनीतिक संवाद सहमती समितीका संयोजक समेत रहनु भएका डा. भट्टराईले विभेदका सबैभन्दा वढि प्रकारहरुमध्ये मानिसले सिर्जना गरेको निक्रृष्ट प्रकारको विभेद नै छुवाछुत भएको दावी गर्नुभयो । उहाँले जातका आधारमा हुने छुवाछुत र भेदभाव दक्षिण एसियामा हिन्दुहरुको विचमा अझै पनि रहीरहनु लज्जास्पद भएको बताउनुभयो । यसको अन्त्यका लागि शोषण विरुद्धका सामाजिक आन्दोलनका अभियन्ताहरुले छुवाछुतलाई पहिलो नम्वरमा राख्नुपर्छ, उहाँले भन्नुभयो ।
माघ ८ गते नै संविधान ल्याउन चौतर्फी दवाव आएको बताउदै डा. भट्टराईले भन्नुभयो, “यही समयमा आउने संविधानले पहिले प्राप्त गरेका उपलव्धिहरु समेत गुमाउदै छ, र महिला र दलितलाई नसमेट्ने कागजको खोस्टो मात्रको एक थान संविधान आउनेछ” ।
डां भट्टराईले उच्च खस तथा अहंकारवाद सोंच र चिन्तन हावी भएकाहरुले उत्पिडितहरुको आन्दोलन सकियो, अव पहिला संविधानसभामा लेखिएका सबै कुरा उल्टाईनुपर्छ भन्ने कुरामा चलखेलहरु गरिरहेकाले, यसलाई रोक्न पनि उत्पिडित वर्गहरुले सचेत भई फेरी आन्दोलन गर्न जरुरी छ, भन्नुभयो ।
tarala book 2

साथै उहाँले केही नेताहरुले पुरानै संविधान ल्याउने कसरत गरिएको सन्दर्भमा गिरिजाप्रसाद कोईरालाको पालामा आफुहरुले गणतन्त्र नल्याई छोड्ने र उहाँहरु यसको विपक्षमा अडान लिईरहीरहँदा वार्गेनिङ्ग गरेर गणतन्त्रसंग राष्ट्रिय जनावर गाई साटेको प्रसंङ्ग समेत उल्लेख गर्नुभयो ।
स्वच्छाले आफु कम्युनिष्ट भएको बताउदै आफ्नो वाल्यकालको मस्तिष्कमा छुवाछुत र महिलामाथीको विभेदको प्रश्नले सधै छोईरहन्थ्यो उहाँले खुलासा गर्नुभयो । कम्युनिष्ट आन्दोलनभित्र वर्गिय आन्दोलनसंगै छुवाछुत र भेदभाव तथा उत्पिडनका कुरा उठाएकाले पनि जनयुद्धमा माओवादी आन्दोलनले उचाई लिएको, उहाँको भनाई थियो ।
“बल्झिरहने अतित अल्झिरहने वर्तमान” पुस्तकको सन्दर्भमा वोल्दै उहाँले अनुसन्धानमुलक कृति आख्यानुकल, र विवेचनात्मक तरीकाले उत्पिडित वर्ग तथा दलितका हितमा परिवर्तनका लागि प्रकासित नयाँ प्रयोगको वुक हो, भन्नुभयो ।
दलितका मुद्धा दलितले मात्रै उठाईरहनु, र अन्य गैर दलितहरुले चाँही आँखा चिम्लिरहने हो भने दलित आन्दोलन अझै थप आईसियुमा जाने उल्लेख गर्दै, दलितको भुमिमाथीको अधिकार कसरी खोसियो, र दलितहरुको श्रम कसरी चौपट भयो भन्ने बारेमा समेत उठाउन जरुरी छ उहाँले भन्नुभयो ।

पुस्तक विमोचन कार्यक्रममा डां अभि सुवेदीले पुस्तकले प्रयोग गरेको विधा विशुद्ध विष्लेषणको ईतिहाँस हो भन्नुभयो । उहाँले, साहित्यिक थेउरीमा आधारित किताब भएकाले, जस्ले रचना गर्छ उसैको कथा हो, किताबले निरपेक्ष र एकेडेमिक ढंगले कुल भएर गर्ने पद्धती अगाँलेको छ र यसमा एजेन्सी संलग्न छ, भन्नुभयो । उहाँले पुस्तकमाथी समिक्षा गर्दै, तारालाल श्रेष्ठले विनिर्माण गरेर त्यसको एजेन्सी स्कलरमा आफै पात्र भएर काम गरेको उल्लेख गर्नुभयो ।
दलि
तको मुद्धामा आफुलाई जोडेर, तारालाल श्रेष्ठले भुटानी शरणार्थीहरुसंग काम गर्दा दलितहरुसँगै पनि काम गरेको पाईएकोले, साहित्यक सिद्धान्तमा यसलाई एनालाईटिकल इम्व्रिकेसन कन्ससनेस (फ्रान्सबाट सुरु भएको ईटाहरु एकमाथी अर्काे थप्ने आर्किटेक्ट ईन्जिनियरिङ्ग शैली) जुन उपन्यासको शैलीमा किताब तयार भएको, उहाँको विष्लेषण रहेको थियो ।
उहाँले किताबले सम्वोधन गरेका सैद्धान्तिक पक्षहरुलाई जोड दिदै भन्नुभयो, “कार्लमाक्र्सको कन्सेप्ट देखि लिएर, एटिन व्रुनेयर, हुदै अम्बेडकरको कुरा सम्म लेखिएका सबै विषयहरुमा हामीले ईस्कलरसिप अभ्यास गरेको हो ” । उहाँले भन्नुभयो, “यसमा सबैभन्दा एक्सेलेन्ट प्रोडक्सन तारालाल श्रेष्ठले गरेका छन् र अहिलेसम्मको एकेडेमिक हाम्रा विद्यार्थीहरुमा अरु कसैले गरेका छैनन्,” ।
लेखकले एडजसेण्ट र डाईलाटिक्स गरी दुईवटा मेथड÷ सिद्धान्तमा आधारित भएर इतिहास पनि सस्मरण गरेर लेख्ने पछिल्लो टे«ण्डमा (लिटरेचर थिउरीको हिस्ट्री राईटिङ्गमा जस्ले लेख्छ त्यो आफै हावी हुन्छ – जहाँ–मेमोरीबाट लेखिन्छ त्यो नै अथेन्टिक हुन्छ ) किताव लेखेका छन् डा. सुवेदीले भन्नुभयो, “लेखकले विषयवस्तु उठानसँगै भावनामा वगेर विष्लेषणात्मक रुपमा प्रस्तुत हुन्छन् अनि मान्छेभित्र भित्र पुगेर रेस्नलाईज गरी सल्लाह दिएका छन् ”।
दलितका कुरा कसरी ट्रान्सफर हुदै गएको छ भन्ने कुरा किताबमा पढ्दै जाँदा आफुलाई कुनै पनि भयानक दुखान्त नाटक सामाजिक कथा जस्तो नलागेपनि अन्त्यमा यही नै संघर्ष गर्नुपर्छ र परिवर्तन आउछ भन्ने कुराको एग्नोईष्टिक रुपमा निष्कर्ष दिईएर किताव सकि
न्छ उहाँको भनाई थियो ।

त्यस्तै डा. ओम गुरुङ्गले आदिवासी जनजातिहरुले आफ्नो पक्षमा संविधान ल्याउन दवाव दिनेगरी आन्दोलन थालिसकेकाले दलितले पनि आन्दोलनमा उत्रन आवस्यक छ भन्नुभयो । साथै त्यो आन्दोलन एक्लैले सम्भव छैन सयुक्त रुपमा गर्न जरुरी छ उहाँले जोड दिनुभयो ।
डा. गुरुङ्गले “बल्झिरहने अतित अल्झिरहने वर्तमान” पुस्तकको समिक्षा गर्दै, उत्पिडित वर्ग समुदायको हितमा विरलै लेखिएको नयाँ र नौलो शैलीको किताव भएको बताउनुभयो । उहाँले भन्नुभयो “यस्ता किताव लेख्न थालिएको धेरै भएको छैन ” ।
साहित्य समाजको ऐना देखाउने विधा भएपनि सौन्दर्यशास्त्रको मात्रै वढि व्याख्यान र वढाई चढाई गरिने परम्परा र संस्कारलाई तोड्दै समाजको वस्तुगत र यर्थाथ परक ढंगबाट, मानवशास्त्रीले जस्तै सोसाईटीको कल्चर अध्ययन गरेर सवैले वुझने भाषामा किताव तयार भएको छ, उहाँले भन्नुभयो ।
किताबले उत्पिडिनमा पारिएका वर्गका समुदायको पिडालाई समेटेर प्राज्ञिक रुपमा साहित्यक योगदान दिएको छ उहाँले भन्नुभयो, “लेख्ने शैली, प्रस्तुती शुरुदेखी अन्त्यसम्म उपन्यास जस्तो, साहित्यक संग्रह जस्तो, आक्रोस र पिडा दुवै कुरा संग्रहित छ, यो सबैका लागि स्रोत वुक वन्न सक्छ ” ।

पुस्तक विमोचन कार्यक्रममा समता फाउण्डेसनका अध्यक्ष पदम सुन्दासले दलितको समस्या दलितको मात्रै नभएर सिङ्गो समाजको परिवर्तनका लागि दुई कित्तामा रहेका दलित र गैर दलित दुबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । हिजो दलितले मात्रै पिडा वोध गरेर एक्लैले संघर्ष गरिरहेको अवस्था थियो, अव समाज र सिङ्गो राज्यको समस्या र गैरदलितको पनि जिम्मेवारी भएकाले यसको अन्त्यका लागि संघर्ष गर्न जरुरी छ उहाँले भन्नुभयो ।

पुस्तकको सम्वन्धमा वोल्दै उहाँले सत्तरी वर्षको दलित आन्दोलनको ईतिहाँसमा दलितले आफ्नो पनि कमीकमजोरीहरु खुट्याउन नसकिरहेको अवस्थामा गैर दलितले तयार गरेको “बल्झिरहने अतित अल्झिरहने वर्तमान” पुस्तकले आफ्नो पिडाका बारेमा वोलीदिएको बताउनुभयो । साथै उहाँले किताबमा उल्लेख गरिएका १६ विषय र उपविषयहरुमा विभिन्न खाल्को अलग्गै डिस्कोर्षहरु चलाउन सकिने सम्भावनाहरु छन् भन्नुभयो ।
दलितहरुभित्र २६ वटा जातिहरुभत्र दुई जातिको मात्रै हावी रहेको उल्लेख गर्दै २६ वटा दलितका जातहिरु सँगै मिलेर हिडेको भए, आज सम्म दलितले मुक्तिका लागि आन्दोलन गरिरहन पर्ने थिएन उहाँले भन्नुभयो, “उनीहरुले आफु सत्तामा जाँदा आफ्नो वाहेक अर्कालाई
Book launch
 देख्नै नसकेका कारण आजसम्म दलितको मुक्ति हुन सकेन । र उनीहरुले आजपनि म दलित हु भनेर ठोकुवा गर्न नसकेको अवस्था छ,”
२०४७ सालको संविधान वन्ने समयमा दलितलाई नाम परिवर्तन गर्न लगाएर दलितको अधिकार खोसिएको उल्लेख गर्दै अहिलेको संविधानमा पनि त्यही समस्या दोहरिने सम्भावना देखिएको छ, अध्यक्ष सुन्दासले भन्नुभयो, “अहिले संविधानसभामा दलित शव्द हटाउने चलखेल गरिरहेकाले, आन्दोलनको शक्तिबाट स्थापित दलित शव्दलाई यथावत राखी हामीले पाउने अधिकारका कुरामा संघर्ष गर्न जरुरी छ ” ।

धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिसकेको अवस्थामा फेरी पनि हिन्दु राज्य वनाउन केही शक्तिहरुले जोडवल गरिरहेका छन् । साथै अहिले पैसा खाएर धर्म परिवर्तन गरी क्रिश्यिन भएको आरोपहरु लागिरहेको छ, खासमा त्यसो नभएर, हिन्दु धर्ममा वढि विभेद भएका कारण दलितहरुले आफुलाई छुवाछुत र विभेद नहुने धर्म अगाँल्न पुगेका छन् । तर यही हिन्दु धर्मभित्र भएको छुवाछुत र भेदभावको भण्डाफोर गर्न आवस्यक छ , उहाँको निष्कर्ष थियो ।

Photo : PDRC

No comments:

Post a Comment