दलित समुदायको अधिकारलाई नयाँ बन्ने संबिधानमा सुनिश्चित गर्न माग

कमल खत्री
म्याग्दी १३, पौष । म्याग्दीका दलित अधिकारकर्मीहरुले दलित समुदायको अधिकारलाई नयाँ बन्ने संबिधानमा सुनिश्चित गर्न माग गरेका छन् । संयुक्त राजनितीक दलित संघर्ष समिति म्याग्दीको आयोजनामा भएको संविधान सभामा संयुक्त राजनितीक दलित संघर्ष समितिका साझा सबाल बिषयक अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले कानुनले डण्डित गरेको छुवाछुत अझै व्यबहारिक रुपमा हट्न नसकेको भन्दै दलित समुदायका अधिकार सुनिश्चित गर्न माग गरेका हुन् । कार्यक्रममा सहभागिहरुले दलित समुदायलाई राजनितिक, आर्थिक, शैक्षिक, सामाजीक, साँस्कृतिक अधिकार सुनिश्चित गर्नको लागि बिशेष अधिकारको व्यस्था गर्न माग समेत गरेका थिए ।
IMG_2858
संघर्ष समिति म्याग्दीका अध्यक्ष टेक बहादुर बिकले संयुक्त राजनीतिक दलित संघर्ष समितिका साझा  सबाल बिषयक कार्यपत्र प्रस्तुत गर्दै छुवाछुतको  व्यबहारीक अन्त्य गर्न आबस्यक रहेको भन्दै संविधान सभामा दलितका अधिकारमा आबस्यक बहस र छलफल नभएको आरोप लगाउनुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सचिब क्याप्टेन मिन बहादुर कार्की, नेकपा एमालेका उपाध्यक्ष देवेन्द्र केसी, एकिकृत नेकपा माओवादीका नेता एबम पूर्व सभासद गोविन्द पौडेल, राप्रपाका केन्द्रिय सदस्य एवम पूर्वमन्त्री भिमप्रसाद गौचन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छबि विक, राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर थापा, संघिय समाजबादि पार्टीका अध्यक्ष मुक्ति रोका, नेकपा माओवादीका पदम पुनले दलित समुदायका अधिकार संविधानमा सुनिश्चित गर्नको लागि सम्बन्धित ठाउँमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी, स्थानीय विकास अधिकारी चिरञ्जीबी पौडेल, दलित बर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष बालकुमार लामिछाने, पुर्व उपाध्यक्ष गब्बे परियार, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिबन बहादुर विश्वर्मा, दलित एकता सञ्जाल कुबेतका डम प्रकाश बत्स्याल लगायतले मन्तव्य राख्नुभएको थियो । संघर्ष समितिका अध्यक्ष टेक बहादुर विकको अध्यक्षता, कृष्ण कुमार विश्वकर्माको स्वागत र अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
IMG_2849
सोही कार्यक्रममा दलित समुदायबाट विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायि भुमीका पुगेका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिबन बहादुर विश्वकर्मा, सदस्य चन्द्र प्रकाश बराईली, रामकृष्ण बराईली, किसान विश्वकर्मा, महिला उद्यम विकास समितिका सदस्य जानकी विश्वकर्मा, कँराते संघ म्याग्दीका अध्यक्ष दिलगोपाल सिके, दलित बर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष बालकुमार लामिछानेलाई सम्मान गरिएको हो । त्यस्तै एसएलसी परिक्षा २०७० मा सामुदायिक विद्यालयतर्फ दलित समुदायबाट उत्कृष्ट अंक ल्याउने प्रकाश उच्च माविका साजन परियार र बेनी सामुदायिक उच्च माविका सरिता किसानलाई समेत सोही असरमा सम्मान गरिएको थियो । कार्यक्रम हुनुपूर्व बेनीमा नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै दबाब मुलक ¥यालि समेत गरिएको थियो ।
- See more at: http://www.myagdionline.com/?p=24313#sthash.6g2IfbLc.dpuf

No comments:

Post a Comment