दुई दाजुभाइ पञ्चेबाजा बजाएर गुजारा चलाउँदै

तनहुँको व्यास १२ बेलवासका १० वर्षीय सुनील र १३
वर्षीय वसन्त परियार बाजा बजाउँदै। तस्बिरः पूर्ण/कान्तिपुर
तनहुँ, माघ १४ -
कमाउन भारत पसेका बाबु बेपत्ता भएपछि एकाघरका दुई दाजुभाइ -बालक) ले बाजा बजाएर गुजारा चलाउँदै आएका छन्। व्यास १२, बेलवासका पूर्णबहादुर परियार भारतमा बेपत्ता भएपछि १० वर्षीय सुनिल र १३ वर्षीय वसन्तले पञ्चेबाजा बजाएर पढाइ खर्चसमेत जुटाउने गरेका हुन्।
दुवैले बिदाको दिन र बिहेको मौसममा विद्यालयबाट बिदा मागेर बाजा बजाउने गर्छन्। यसबाट हुने आम्दानीले घरायसी गर्जो टार्न आमा मनमायालाई सहयोग पुगेको छ। बिहेको मौसममा दमाहा बजाएर दिनको १ हजार ५ सयसम्म पाउने गरेको र उक्त पैसा आमालाई बुझाउने गरेको वसन्तले बताए। उनले ३ वर्षअघिदेखि र भाइ सुनिलले एक वर्षयता बाजा बजाउन थालेका हुन्। सुनिल स्थानीय सिद्ववेनी निमाविमा ४ कक्षा र वसन्त ५ कक्ष्ाामा पढ्छन्।
'बिहे हुँदा पाउने पैसा आमालाई नै बुझाउने गर्छौं,' दुवैले भने, 'एक सिजनमा बाजा बजाएर कमाएको पैसाले हामीलाई वर्षभर कापीकलम किन्न पुग्छ।' यो वर्ष शनिबारसम्म ५ वटा विवाह र व्रतबन्धमा बाजा बजाएर १३ हजार हात पारेको र उक्त रकम आमा मनमायालाई बुझाएको वसन्तले बताए।
दाइ वसन्तले सिकाएपछि आफूले पनि सँगै बाजा बजाउन हिँडेको सुनिलले बताए। कमाउन जान्छु भन्दै भारत हिँडेका श्रीमान् पूर्णबहादुर ५ वर्षदेखि बेपत्ता छन्। श्रीमान् बेपत्ता भएपछि आफूले ज्याला मजदुरी गरेर छोराहरू पाल्दै आएको मनमायाले बताइन्। छोराहरूले बाजा बजाएर घरको गर्जो टार्न सहयोग पुर्‍याएकोमा उनी पनि खुसी देखिन्छिन्। 'बाबु बेपत्ता भएपछि घर सम्हाल्न निकै कष्ट थियो,' मनमायाले भनिन्, 'तर छोराहरूले बाजा बजाउने गरेकाले दैनिक हातमुख जोर्न केही सहयोग भएको छ।'
आफूहरूले विवाह र व्रतबन्धलगायत कार्यक्रममा सुनिल र वसन्तलाई नछुटाउने गरेको स्थानीय नौमती बाजा समितिका संयोजक रेशमलाल परियारले बताए। घरको आर्थिक अवस्था कमजोर भएकाले बाजा बजाउन उनीहरूलाई अवसर दिइएको उनले बताए।
'घर खर्च चलाउन केही राहत होस् भनेर हामीले उनीहरू दाजुभाइलाई नै दमाहा बजाउने जिम्मा दिने गरेका छौं,' संयोजक परियारले भने, 'उनीहरूले कापीकलम मात्रै होइन बाजा बजाएर नै घरको दैनिक गर्जोसमेत टार्ने गरेका छन्।'
कारागार नियमावली २०२० कै व्यवस्थाअनुसार आन्तरिक हालका दिनमा पनि कारागार सञ्चालनार्थ खटिएबापत चौकीदारले डेढ, नाइकेले एक रुपैयाँ २० पैसा र सहनाइकेले ९० पैसा दैनिक ज्याला पाउँछन्। 'यो त लाजमर्दाे अवस्था हो,' कञ्चनपुर कारागारका नाइके सूर्यबहादुर चन्दले भने, '२० पैसा र ५० पैसाका सिक्का पाउन छाडेको पनि वषौर्ं भइसक्यो तर अहिले पनि हामी पैसामा हिसाब बुझिरहेका छौं।'
रातदिन कारागारमा खटिएर काम गर्दा पनि एक/डेढ रुपैयाँ पारिश्रमिक दिइने गरेकोप्रति कारागारभित्र रहेका अन्य कैदीबन्दीसमेत आश्चर्यचकित हुने गरेको चौकीदार नरेश थापाले बताए। 'त्यो पारिश्रमिक दिनुभन्दा नदिए पनि हुन्थ्यो,' उनले भने, 'यसले हाम्रो खिल्ली उडाएजस्तो भएको छ।' उनले कारागारभित्र केही घटना भए त्यसको सबै जिम्मेवारी लिनुपर्ने हुँदा कामअनुसार ज्याला हुनुपर्ने बताए। 'कारागारभित्र केही घटना भए सबै हामीमाथि नै खनिन्छन्,' उनले भने, 'तर ज्याला भने अहिलेसम्म २०२० कै व्यवस्था अनुसार छ।'
सरकारले दैनिक मजदुरी गर्नेको बर्सेनि महँगीअनुसार ज्यालादारी बढाउँदै लैजाने गरे पनि कारागारका चौकीदार र नाइकेको ज्याला बढाउन खासै चासो नदेखाएको कैदीको आरोप छ। 'सरकार आफैंले अन्य कामदारका लागि दैनिक दुई/अढाइ सय ज्याला तोक्छ,' चौकीदार थापाले भने, 'यता कारागारभित्र भने आफैं एक/डेढ रुपैयाँ ज्याला दिएर कैदीका नाइके र चौकीदारको श्रमशोषण गरिन्छ।'
'यो ज्याला जुनबेला कैदीले सिदाबापत पाँच रुपैयाँ दैनिक पाउँथे, त्यति बेलादेखिको होे,' नाइके चन्दले भने, 'सबै कुरामा समयसापेक्ष परिवर्तन हुँदै गयो तर कारागारभित्र ज्याला भने ५० वर्षसम्म पनि जहिँको तहिँ रह्यो।' उनले चौकीदार, नाइके र सहनाइकेलाई कैदमा पाइने छुट पनि नियमित हुन नसकेको बताए। कारागार सञ्चालनमा सहयोग पुर्‍याएबापत चौकीदारलाई वर्षमा दुई महिना, नाइकेलाई डेढ महिना र सहनाइकेलाई एक महिना छुट दिने व्यवस्था छ। 'यो नियम कहिले लागू हुन्छ, कहिले लागू हुँदैन,' नाइके चन्दले भने, 'कुनै वर्ष छुट दिन्छ, कुनै वर्ष दिँदैन।'
दुई साताअघि अनुगमनमा आएको राष्ट्रिय मानवअधिकार आयोगको टोलीसमक्ष पनि कैदीबन्दीले यो गुनासो गरेका थिए। अनुगमन टोलीमा रहेका आयोगका सदस्य सुदीप पाठकले कारागारभित्र थुप्रै सुधार गर्नुपर्ने भए पनि सरकारले यसतर्फ ध्यान नदिएको आरोप लगाए। 'अहिले कैदीबन्दीले दैनिक ४५ रुपैयाँ पाइरहेका छन्,' उनले भने, 'यसले एक छाक पनि खान पुग्दैन, बाँकी कहाँबाट ल्याउने।' उनले आन्तरिक कारागार सञ्चालनमा खटाएका चौकीदार र नाइकेको पनि लामो समयदेखि ज्याला नबढेको भन्दै तत्काल सुधार गर्नुपर्ने बताए।
कञ्चनपुर कारागारका जेलर खगेन्द्रप्रसाद भट्ट पनि एक/डेढ रुपैयाँ ज्याला दिने अवस्था लाजमर्दाे भएको बताउँछन्। '०२० देखि यही ज्याला चलिरहेको छ,' उनले भने, 'बेला-बेलामा संशोधनको तयारी भए पनि बढ्न सकेको छैन।' उनले छिट्टै कारागार नियमावली २०२० संशोधन भए दैनिक पाउने ४५ रुपैयाँदेखि चौकीदार र नाइकेले पाउने ज्यालादारी बढ्न सक्ने बताए।

No comments:

Post a Comment