दलित समुदायको अधिकार सुनिश्चित गरी संविधान जारी गर्नुपर्नेमा जोड

माघ ५
जागरण मिडिया सेन्टर
20150118_11582920150118_115926
20150118_123036विभिन्न राजनीतिक दलका नेताहरुले सदियौदेखी उत्पिडनमा पारिएको दलित समुदायको अधिकार सुनिश्चित गरी जति सक्दो चाँडो संविधान जारी गर्न जोड दिएका छन् ।
दलित अधिकार मञ्च नेपाल र दलित नागरिक समाजले नयाँ वानेश्वरस्थित संविधानसभा भवन अगाडी आयोजना गरेको कोणसभामा एकिकृत नेकपा माओावादीका सभासद दलजित श्रीपाईलीले दलित समुदायको पक्षमा पहिलो संविधानसभाले हासिल गरेका उपलव्धिहरु कटौती हुने खतरा वढेकाले यसमा सचेत हुनुपर्ने आवस्यकतामाथी जोड दिनुभयो ।
बबरमहलवाट सुरु भएको र्याली नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा एमालेका नेता गणेश विकेले सदियौदेखी दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्ने विषयलाई आगामी संविधानमा व्यवस्था गर्नु पर्ने कुरा राख्नुुभयो । दलित आन्दोलनका अग्रज व्यक्तित्व पदम सुन्दासले नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गर्नका लागि दलित समुदायले सडक, संसद र पार्टीभत्रबाट संघर्ष गर्नुपर्ने बताउनुभयो । दलित गैरसरकारी संस्था महासंघका (डिएनएफ)का अध्यक्ष गजाधर सुनारले राज्यले संविधानको प्रस्तावना मार्फत विगतमा दलितहरुमाथी गरेको छुवाछुतको पश्चाताप गर्दै नयाँ संविधानमा राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधीत्वको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । दलित महिला अधिकारकर्मी दुर्गा सोबले दलितले पनि अरु मानिस सरह मानव भएर वाँच्न पाउनु पर्ने अधिकारको सुनिश्चितता नयाँ संविधानले गरोस भन्ने चाहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडिएसडव्लु)का अध्यक्ष भक्त विश्वकर्मा, पिडीआरसिका कमला हेम्चुरी, जन उथानका अमृत विश्वकर्मा, डिडव्लुका चर्कमान विश्वकर्मा, वुद्धिमान नेपाली, रण वहादुर रम्तेल, सन्तोष विश्वकर्मा लगाएका एक दर्जनभन्दा वढि दलित अधिकारकर्मीहरुले संविधानसभाले कार्यक्रम मार्फत दलितलाई घात गर्ने संविधान नभई दलितको न्याय पाउने अधिकारको सुनिश्चित गरिएको संविधान दिनुपर्नेमा खवरदारी गरेका थिए । साथै दोस्रो जनआन्दोलनका नायक रुविन गन्धर्वले गित मार्फत आन्दोलनकर्मीहरुलाई उत्साहित गराएका थिए । 

No comments:

Post a Comment