दलित समुदाय बाट सम्भावित मन्त्रीमा सुजाता परियार

विभेद बिरुद्ध अभियान  - साउन १८  काठमाडौं:: लामो समय देखि नेपाली राजनीतिमा अग्रणी भूमिका निर्भाह गर्दै आउनु भएकी नेपाली कांग्रेसको संसद तथा केन्द्रिय सदश्य सुजाता परियार आफैमा एक निडर , इमान्दार र जुझारु नेतृको रुपमा चिनिनु हुन्छ l वि.सं. ०४५ सालदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गर्नुभएकी सुजाता परियार कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आउनुभएकोछ । इलामदेखि राजनीतिक यात्रा सुरु गर्नुभएकी सुजाता परियार सभासद र १२ औ महाधिवेशनबाट अत्याधिक मत हासिल गरी केन्द्रिय सदस्यमा विजय हुनु भएको थियो ।
दलित आन्दोलनभित्र निकै सक्रिय भूमिका निर्वाह गदै आउनु भएकी परियार नेपाली कांग्रेसभित्र युवा महिला ,निडर र बौद्दिक छविकी नेतृको रुपमा चिनिनु हुन्छ । दलित समुदायबाट कांग्रेस भित्र दलित महिलाबाट परियार पहिलो केन्द्रिय सदस्य समेत हुनुहुन्छ । कांग्रेसको १३ औँ महाधिवेशन बाट पनि उहा अत्याधिक बहुमतले नेपाली कांग्रेशको केन्द्रिय सदस्यमा निर्बाचित हुनु भएको छ l दलित तथा महिला हकहितको लागि र नेपाली कांगेस भित्रको गुट बन्दि बिरुद्द र समाबेशीको लागि पनि अब बन्ने मन्त्रि मण्डलमा नेतृ सुजाता परियार लाइ मन्त्रि पद दिनु पर्ने कुरा नेपाली कांग्रेस भित्रनै अहिले बहसको बिषय बनेको छ l 
जानकारहरु तथा राजनीति विश्लेषक हरुको अनुसार अब बन्ने मन्त्रि मण्डल समाबेशी हुनु पर्ने र जसमा दलित तथा महिला हरुलाई उच्च प्राथमिकता दिनु पर्नेमा जसमा संसद सुजाता परियार पनि समेटिनु पर्ने कुरामा आफ्नो राय स्पष्ट राखेका छन l दलित आरक्षण महिलाबाट नेतृ सुजाता परियार केन्द्रीय सदस्य र संसद भएकोले पनि मन्त्री पदका लागी सक्षम रहेको हुदा उहाँको बिषयमा पार्टी भित्र अनि बाहिर कार्यकर्ता बीच पनि निकै चर्चामा बिषय बनेको छ lभोलि हुने प्रधान मन्त्रीको चुनाब पछि तुरुन्त मन्त्रि मण्डल गठन हुने हुदा पनि अहिले नेपाली राजनीतिमा गर्मागर्मी बढेको छ र त्यसै गरि आफु मन्त्रि बन्न नेता हरु तथा दलित भित्रका नेताहरु पनि शक्ति केन्द्रमा धाउन ब्यस्त भएका छन l

No comments:

Post a Comment