विभेदपूर्ण व्यवहार गरे सशक्त प्रतिकार गर्ने चेतावनी दलित समुदायका अगुवाहरुले दिए

भदौ ४- विभेद विरुद्ध अभियान -विराटनगरः नयाँ संविधानले दलितहरुलाई पनि पहिलो दर्जाको अधिकार दिइसकेकोले विभेदपूर्ण व्यवहार गरे सशक्त प्रतिकार गर्ने चेतावनी दलितहरुले दिएका छन । शनिवार परियार सेवा समाज विराटनगरको प्रथम वार्षिकोत्सव तथा अधिवेशनमा बोल्दै परियार समाज नेपालका केन्द्रिय अध्यक्ष बलबहादुर सुन्दासले संविधानबाट दलितहरुले अरु जातिहरु जस्तै समान अधिकार पाइसकेकोले विभेदको व्यहावहार भए सहन नसक्ने बताए । उनले अझै पनि अब जातिय भेदभाव र छुवाछुतको व्यहार भैरहेकाले त्यसको प्रंतिकार गर्न परियार सेवा समाज सशक्त संघर्षमा उत्रने तैयारीमा रहेको जानकारी गराए । 

अध्यक्ष सुन्दासले  राजनैतिक , आर्थिक , समाजिक र साँस्कृतिक अधिकारकालागि अब पहिले झै दलितहरु हेपिएर रोएर न्बस्ने बरु आक्रोशपुर्ण आन्दोलन सुरु गर्नुपर्छ भने । परियार सेवा समाजका केन्द्रिय उपाध्यक्ष कमल परियारले नेपाल एकीकरण गर्नका लागि मुख्य सुझाव दिने बिसे नगर्चीको इतिहास संरक्षण गर्न र उनिहरुका सन्तान परियार समुदायलाई राज्यको प्रशासनिक निकायमा पुरयाउन राज्यले अझै पुर्ण रुपमा चासो नदिएको गुनासो गरे । परियार सेवा समाजका सचिव धर्मबहादुर नेपालीले नेपाल राज्य निर्माणमा दलित समुदायभित्र पर्ने परियारहरुको योगदानको खोजी नहुँदा इतिहास हराइरहेको गुनासो गरे ।  विद्यार्थी नेता जयराम सुन्दासले हक अधिकारकालागि संगठित हुँदा जातियताको आरोप लगाउनेहरु दलितहरुलाई अधिकार दिन नचाहने र वर्षौदेखि शोषण गर्ने बर्ग भएको आरोप लगाए । 

केन्द्रिय सदस्य निर्मला परियारले बषौदेखी उत्पिडनमा परेका दलिहरु अझै पनि एकताकालागि संगठित हुन नसकेकैले समाजबाट जातिय छुवाछुतको व्यवहार अन्त हुन नसकेको बताइन । उनले छुवाछुतको व्यवहार भएमा सबै दलितहरु एक भएर सामना गर्न तैयार हुन आग्रह गरिन । सुन्दासले अब दलितहरुले सधै हिनभावना राखेर हैन सचेत भएर आफनो अधिकार माग्नु पर्ने र इतिहास खोज्नुपर्ने बेला आएको बताए ।परियार सेवा समाज विराटनगरका अध्यक्ष सूर्य नेपालीले परियार समाज सबै पार्टीभित्र रहेका र पिछडिएका परियारहरुलाई गोलबन्द गरेर स्वतन्त्र रुपमा आफनो हक अधिकार स्थापित गराउन लागिपर्ने बताए । अधिवेशनकै क्रममा एसएलसीमा उत्तीर्ण हुने चार जना परियार समुदायका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

No comments:

Post a Comment