राष्ट्रिय युवा सम्मान’ यसबर्ष सांगितिक क्षेत्रबाट गायक शिब परियारले पाए

विभेद बिरुद्ध अभियान, साउन २८ , यस वर्षको युवा सम्मान नेपाली सांगितिक क्षेत्रबाट गायक तथा संगीतकार शिब परियारले पाएका छन् ।युवा जगत्मा पु¥याएको योगदानको कदर गर्दै हरेक बर्ष राष्ट्रपतीको हातबाट दिईने ‘राष्ट्रिय युवा सम्मान’ यसबर्ष उनलाई प्रदान गरिएको हो ।
शुक्रबार उनलाई एक कार्यक्रमका बिच ताम्रा पत्रसहित एक लाख रुपैयाँ राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मान प्रदान गरिएको थियो ।सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजी विके ‘श्रीपाल’ समेत उपस्थिती रहेको थियो । गायक परियारले यस भन्दा पहिले रेडियो नेपालबाट ‘ए’ ग्रेटको उपाधि पाइसकेका छन् ।
त्यस्तै, उनले नारायण गोपाल युवा संगीत पुरस्कार, मोतिराम, सेतिराम गजल गायन सम्मान लगायतका थुप्रै सम्मान तथा अवार्डहरु पाइसकेका छन् ।

No comments:

Post a Comment