१२ वर्षीय बावुराम नेपाली तीन वर्षदेखि दाम्लोमा

विभेद बिरुद्ध अभियान, साउन २८- सुस्त मनस्थिति भएका अर्घाखाँची वाँगी गाविस-६ का १२ वर्षीय बावुराम नेपालीलाई उनका परिवारले दाम्लोमा बाँधेर नियन्त्रणमा राखेका छन । ती बालकलाई उपचार गर्नुको साटो अभिभावकले धेरै हिँडडुल गर्ने र परिवालाई दुख दिने गरेकोले डोरीले बाँधेर राखिएको बताएका छन् ।
बालकलाई डोरीले गोडामा बाँधेर राखिएकोले उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनलाई गोडामा प्लाष्टिकको डोरीले बाँधिएको छ । बाँधिएको स्थानमा डाम र ससाना घाउसमेत छन् । बालकलाई दाम्लोले बाँधी घरमा राखेकोले विद्यालय जान पाएका छैनन् ।
बारम्बार घरबाट बालक हिँडेपछि भेट्टाउन गाह्रो भयो अरू कुनै उपाय नभएपछि बाँधेर राख्नुपरेको बालककी आमा तुलसा नेपालीले बताइन् । ‘सरकारी निकाय वा गैरसरकारी निकायबाट कुनै सहयोग छैन । आर्थिक अवस्था कमजोर भएकोले यसका लागि औषधि उपचार गर्न सकेनौं । कसैले सहयोग गरिदिए भलो हुन्थ्यो ।’-उनले भनिन् ।
बालकको अहिलेसम्म अपाङ्गता परिचयपत्र नभएका कारण राज्यबाट प्रदान हुने सेवासुविधा प्राप्त नभएको तुलसाले बताइन् । राज्यले ग्रामीण स्तरमा आपाङ्ता परिचयपत्र वनाउने प्रक्रिया र मितिको बारेमा प्रभावकारी सूचना सम्प्रेषण गर्न नसकेको स्थानीयबासी सहयोगी विसीले बताए ।
बालकको अपाङ्गता परिचयपत्र बनाउन सहयोग गर्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment