नेपाल प्रवास जातीय भेदभाव उन्मुलन साझा मन्च नेपालकाे प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

अर्जुन घिमिरे सुसार , विभेद बिरुद अभियान , २१ साउन । दाेहा- स्वदेशमा बेराेजगारिका कारण प्रबासिन बाध्य नेपाली युवाहरु त्यसमा पनि सदियाैद्खि समाजले दाेस्राे दर्जाकाे नागरिकका रुपमा हेयकाे दृष्टिले हेरिएका, राज्यबाट उपेक्षित, बिभेदमा पारिएका र अछुत बनाईएका दलित समुदायका प्रबासि नेपालिहरुले समता-मुलक समाज निर्माणमा प्रवासबाटै पनि दबाबमुलक अभियान चलाउने र समाज रुपान्तरणमा एउटा ईटा थप्ने उद्देश्यका साथ सन् २०११ मा स्थापित नेपाल प्रबास जातिय भेदभाब उन्मुलन साझा मन्च नेपाल ले ४ अगष्टमा सनैया १३  जाेन्स रेष्टुरेन्टमा साझा मन्चका सँस्थापक सल्लाहकार एवँ बर्तमान समयमा स्वदेशमै रहेर दलित आन्दाेलनमा निरन्तर याेगदान पुर्याइरहेका दलित अभियन्ता एवँ अगुवा शेर ब. परियारलाई सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।
सँस्थाका काेषाध्यक्ष पदम बिश्वकर्माकाे अध्यक्षतामा शेर ब. परियारकाे प्रमुख आतिथ्यता, सँरक्षक भिम सुनारकाे विशेष आतिथ्यता रहेकाे कार्यक्रममा अमित बराईलि, अर्जुन कुमार लगायतकाे आतिथ्यता रहेकाे थियाे  भने सँस्थाका महासचिब करण शिलवालले सँचालन गरेका थिए ।
प्रमुख अतिथिबाट दिप प्रज्वलन सँगै राष्ट्रगान र ब्यानर अनावरण सँगै शुरु भएकाे कार्यक्रममा अर्जुन घिमिरे सुसारले कार्यक्रम बारे प्रष्ट्उदै उपस्थित अतिथि तथा अभियन्ताहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शेर बहादुर परियारले दलित आन्दाेलनकाे ईतिहास, बर्तमान समयमा आन्दाेलनकाे गति, उपलब्धिहरु, उपलब्धिलाई सँस्थागत गर्न रहेका चुनाैतिहरु, कमजाेरिहरु, संविधानमा दलित अधिकार बारे व्याख्या, चुनाैति सामना गर्ने उपायहरु, आगामि कार्यदिशा, कार्यक्रम, दलित आन्दाेलनमा प्रबासिकाे भुमिका लगायत बिषयमा स-प्रसँग व्याख्या गरेका थिए ।
"आन्दाेलन र कुखुराकाे अण्डा उस्तै उस्तै हुन्" भन्ने उदाहरण प्रस्तुत गर्दै जसरि अण्डाबाट चल्ला निस्कनका लागि निश्चित ताप र चापकाे आवश्यकता हुन्छ एबम रितले अधिकार शुनिश्चितताका लागि पनि आन्दाेलनलाई ताप र चाप दिईरहनु पर्ने बताए । साथै सरकारले दलित समुदायकाे उत्थानका निमित्त विभिन्न किसिमका कार्यक्रमहरु ल्याएकाे, दलित हक अधिकार सँबिधानका पानामा सुनिश्चित गरेकाे यसलाई कार्यन्वयन गर्न  र अझै बढि उपलब्धि प्राप्त गर्नका लागि चुप लागेर बस्न नहुने र निरन्तर अधिकारका लागि सबैले आ आफ्नाे स्थानबाट दबाब सिर्जना गरिनुपर्ने बताए  ।
साैहार्दतापुर्ण बाताबरणमा चलेकाे प्रशिक्षण कार्यक्रममा प्रशनाेत्तर तथा अन्तर्कृया समेत चलेकाे थियाे । उपस्थित सम्पुर्णकाे प्रश्नहरुकाे उत्तर दिदै सरकार, सदन, समाज र सम्बन्धित सम्पुर्ण सरकारि निकायहरुमा दलितमैत्रि कार्यक्रमहरु सरकारकाे नीति तथा कार्यक्रममै अनिबार्य शुनिश्चित गर्नुपर्ने प्राबधान रहेकाे  र साे बारे प्राय जिल्ला तथा तल्लाे निकायका दलित अधिकारकर्मिहरुलाई जानकारि समेत नरहेकाे हुदा यसबारे आ आफ्नाे जिल्ला तथा सम्बन्धित अधिकारकर्मि हरुलाई जानकरि गराउन समेत अनुराेध गरेका थिए ।

सँस्थाका सँस्थापक सँरक्षक, सभापति लगायत पदाधिकारिहरुले प्रमुख अतिथि दलित अभियान्ता तथा अगुवा शेर ब परियार लाई दलित आन्दाेलमा पुर्याएको याेगदानलाई उच्च मुल्याँकन गर्दै खादा ओढाई सम्मानपत्रले सम्मान गरिएकाे थियाे ।
कार्यक्रमकाे अन्तमा दलित आन्दाेलनलाई राजनितक खिचडिका रुपमा नभई दलिय राजनिति भन्दा एक कदम माथि उठेर सबै जाति धर्म सँस्कृति र राजनितिक बिचारधार बाेकेका दलित अगुहरु एकजुट भए अगाडि बढ्न अनुराेध गर्दै उपस्थित सबैलाई धन्यबाद दिदै सभापतिले कार्यक्रम समापन गरेका थिए ।

No comments:

Post a Comment