के हो दलित जात ? - प्रकाश घिमिरे सुनार

२८ साउन ,विभेद बिरुद अभियान
ए 
भन त किन हामीलाई 
सदियौ देखि दलित बनायौ 
पानी नचल्ने सानो जाति बनायौ 
तिम्रा दासी बनायौ 
चल्छ हामी बनाएको सबै 
लाउने पकाउने सजाउने सबै 
किन बिभेद गर्छौ भन त ?
मानवले मानव लाई बिभेद 
गर्ने कानुन कस्ले बनायो ?
भन त हामीलाई कस्ले दलित बनायो ?
के हामी मानव होईनौ र 
हामी ले बनाएको मुर्ती मा पुजा गर्छौ 
हामीलाई किन दलित भन्छौ 
वो वो छोइन्छ बाहिरै बस किन भन्छौ 
किन त्यो अधिकार तिमीलाई कस्ले दियो 
भन त पुजारी बा ?
त्यही हो गाउँ हाम्रो त्यस हो पानी पधेरो
तर यस भित्र नै बिभेद छ 
दिनहुँ झगडा हुन्छ 
कुटाकुट हुन्छ के छ 
यो जातमा जतासुकै यही बात हुन्छ 
दलित पानी नचल्ने जात रे
भन्छन् दुई जाति महिला पुरुष
हामी सबै नेपाली सबै बराबरी 
बोल्छन सबै समान छौ भनि खै त 
कहाँ भो समान कहा भो बराबरी 
कुटिएकै छ दलित कोठा बाट निकालिएकै 
गर्दा गर्दा अब त दलित मारिएका छन 
दबाइएका छन यही हो त नेपाली पन ?
किन कुरिती र कुसंस्कार को मलजल गर्दै छौ 
मानव भइ मानवताको ब्यबहार गर्दैनौ 
किन दलित भनि घृणा गर्छौ अत्याचार गर्छौ 
मानव ले छुदा किन सुनपानी ले छर्कन्छौ 
भन त हामी मानव होईनौ र 
यो समाजमा हाम्रो अधिकार छैन र 
भन त पाखण्डि गर्छौ किन बिभेद 
के हाम्रो रगत रातो छैन र 
भन त छिटो भन ? के हो दलित जात ?

-प्रकाश घिमिरे सुनार ,नवलपरासी

No comments:

Post a Comment