उच्च जातको केटी विवाह गरेको भन्दै कुटपिट,आरोपित गिरफ्तार

विभेद बिरुद्ध अभियान , १ भदौ- सङ्खुवासभा , वाना गाविस-८ का २९ वर्षीय लिलाबहादुर विकलाई सोही गाउँकी २९ वर्षीया सपना तामाङसँग साउन २५ गते विवाह गरेको भन्दै सपनाका आफन्तले कुटपिट गरेको आरोपमा प्रहरीले आरोपितहरूलाई साउन २९ गते गिरफ्तार गरेको छ ।
आरोपितहरू वाना गाविस-८ का २६ वर्षीय सिंहमान तामाङ, २३ वर्षीय मनबहादुर तामाङ, २५ वर्षीय सलबहादुर तामाङ, २८ वर्षीय भलामान तामाङ र ३० वर्षीय रहरमान तामाङले उच्च जातीको केटी विवाह गरेको भन्दै साउन २७ गते मराणसन्न हुने गरी कुटपिट गरेको भन्दै पीडितले प्रहरीमा साउन २८ गते उजुरी दिएका थिए ।
‘हामी माथिल्लो जातिको हौँ । हाम्रो चेली विवाह गर्न कसरी आँट गरिस? भन्दै कुटे ।’-पीडितले भने । पीडित लिलाबहादुरको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ । पीडित सपनाले पनि आफू खुसी विवाह गरेको बताउँदै परिवारले जबरजस्ती लिला र आफूलाई कुटपिट गरेको भन्दै उजुरी दिएकी छिन् ।

No comments:

Post a Comment