बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट दलित अगुवा सम्मानित

साउन १९ - विभेद बिरुद्ध अभियान - बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट पहिलोपटक मधुपट्टी गाविस-६ का दलित आन्दोलनका अगुवा बलदेव राम सम्मानित भएका छन् ।कार्यक्रममा सम्मानित व्यक्तित्व रामलाई सम्मानपत्रदोसल्लासहित ३ हजार १ सय ५ रुपियाँ प्रदान गरिएको छ ।बैद्य-प्रकाश मानव अधिकार कोष समितिको आयोजनामा इन्सेकका संस्थापक महासचिव स्वप्रकाश काफ्लेको २४ औं स्मृति दिवसका अवसरमा साउन १६ गते सप्तरीको मधुपट्टीमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

पाँच दशकदेखि दलितभूमिहिनहरुवाचरुवाको हकअधिकार प्राप्ति र संरक्षणको आन्दोलनलाई नेतृत्व गर्दै मानव अधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील ६६ वर्षीय रामलाई 'बैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७३बाट सम्मान गरिएको समितिले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा '२१ औं प्रकाश मानव अधिकार पुरस्कार'बाट सम्मानित राजविराज-६ का बैद्यनाथ झाले प्राप्त गरेको नगद ५० हजार रुपियाँबाट उक्त पुरस्कार स्थापना गरिएको हो । झाले गत वर्षप्रकाश मानव अधिकार पुरस्कार पाएका थिए ।
 इन्सेकका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले स्वप्रकाश काफ्लेले देखाएको पथमा हिड्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।मानव अधिकारको चेतना गाउँ-गाउँसम्म पुर्याउनुपर्ने स्वकाफ्लेको विचार अत्यन्त सान्दर्भिक रहेको भन्दै थापाले सरोकारवाला निकायले मानव अधिकारको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

नेकपा (एमालेकेन्द्रीय सदस्य सुमनराज प्याकुरेलले मुलुकको मानव अधिकारको अवस्था सन्तोषजनक नभएको अवस्थामा स्व.काफ्लेको अभाव खडि्कएको बताए ।राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका मानव अधिकार अधिकृत सोमनाथ सुवेदीले मानव अधिकार मुद्दाले संसारमा नहार्ने बताउँदै विभेदको अन्त्य गर्न अभियानलाई निरन्तर जारी राख्नु पर्ने बताए ।

थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो ।

No comments:

Post a Comment