मलेसिया गएका शेरबहादुर विक आफ्नै कोठामा मृतावस्थामा भेटिए

पाल्पा,२१ साउन । – वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका पाल्पासँग सिमाना जोडिएको नवलपरासीको रकुवा–२ अलिटारका शेरबहादुर विकको मलेसियामा मृत्यु भएको छ ।सदीक्षा ओभरसिज काठमाडौंमार्फत मलेसियाको युनिक फर्निचर दाङतिङमा कार्यरत विक शनिबार राति ३ बजे आफ्नै कोठामा मृतावस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।
रोजगारीका लागि छ वर्षअघि झन्डै डेढ लाख खर्चेर मलेसिया पुगेका उनले काम गरेअनुसार कमाइ नहुँदा हालसम्म पनि लिएको ऋण तिर्न नसकिएको उनका बुबा धनबहादुरले जानकारी दिए ।गरिब परिवारका विकको परिवारले मलेसियामा रहने नेपाली र दूतावासलाई शव नेपाल ल्याइदिन आग्रह गरेको छ ।

No comments:

Post a Comment