१० वर्षीय भगीश्वर नेपाली माथि पाँच लाख ऋण

०३  भदौ -विभेद बिरुद अभियान , ३ भदौ । पाँचथर सराडडाँडा-४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ ।आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुबा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् ।

वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस २०७१ मा मलेसियामै ज्यान गुमाए । घरमा श्रीमती विरामी थिइन् ।त्यो खर्च घर पठाउने तयारी गर्दागर्दै उनको पैसाकै लागि हत्या भएको थियो । श्रीमानको हत्या भएको खबर आएपछि उनी थला नै परिन् ।

चेकजाँच गराउने क्रममा पत्ता लाग्यो उनको दवै मृगौलाले काम गर्न छाडेछन् । विराटनगर हुँदै काठमाडौंसम्म लगेर उपचार गरिए पनि उनको ज्यान बचेन ।
अन्नतः २० माघ २०७२ मा उनले पनि धर्ती छाडिन् । आमा बुबा दवै गुमाएका भगीश्वरले अहिले ठूलो बुबा खड्गबहादुरकै घरमा संरक्षण पाइरहेका छन् ।

तर, भतिजामाथि लागेको पाँच लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहन्छ खड्गबहादुरलाई । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment