दलित एकता संजाल नेपाल,कुबेत एनसिसिको अध्यक्षमा जीवन सुनार चयन

विभेद बिरुद्ध अभियान- कुबेत - साउन २८ , दलित एकता संजाल नेपाल,कुबेत एनसिसिको रिक्त रहेको अध्यक्ष पदमा जीवन सुनार सर्बसम्मत चयन भएका छन् । गत साउन १६ गते दलित एकता संजाल नेपाल,कुबेत एनसिसिका अध्यक्ष आश बहादुर नेपालीको संयोजकत्वमा १२७ सदस्यीय दलित एकता संजाल नेपाल अंतरास्ट्रीय समन्वय समितिको पुनर्गठन भए पछि अध्यक्ष नेपालीले कार्य समितिमा एनसिसिका अध्यक्ष पद बाट राजिनामा दिएका थिए ।

रिक्त अध्यक्ष पदमा स्थापनाकाल देखि नै सक्रिय रहदै आएका संस्थापक तथा पूर्व महासचिब समेत रहेका सुनार लाई आज कुबेत सिटिको मुर्गाब स्थित सोल्टी होटेलमा बसेको संजालको नियमित बैठक तथा छलफल कार्यक्रमले सर्बसम्मत चयन गरेको हो ।त्यस्तै गरि गुपता गैरे सह सचिव र पुर्व अध्यक्ष आश बहादुर नेपालीलाइ संस्थापक संरक्षकमा ससम्मान चयन गरिएको छ ।

मनोनित अध्यक्ष जीवन सुनार लाइ सपथ गराउदै सयोजक नेपालीले मायाको चिनो सहित हार्दिक बधाई ज्ञापन गर्दै यहाँको कार्यकाल सफल र एतिहासिक रहोस भन्ने हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका थिए । जीवन सुनारले संचालन गरेका आजको कार्यक्रममा बोल्दै नेपालीले अहिले सम्म संजाल कुबेतले गरेका गतिविधिहरु,समस्या र चुनौतीहरुको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रवासबाट स्थापना दलित एकता सन्जाल नेपाल अन्तराष्ट्रिय समन्वय समिति अन्तर्गत रहेर स्थापना भएको दलित एकता संजाल नेपाल,कुवेत"NCC" राष्ट्रिय समिति एतिहासिक रुपमा दलितहरुको संगठनका रुपमा प्रवासबाट स्थापना भएकोमा हामि सवैले गर्व गर्नु पर्ने बताउदै अझ प्रभावकारी ढंगले यसलाई लैजान हामि सवैको भूमिका रहने हुनाले सवै लाग्नु पर्ने बताए ।

कार्यक्रममा अहिले सम्म संजाल कुबेत लाइ कुशल नेतृत्वदाई भूमिका दिन सफल एव स्वच्छ छबी बनाएका एव कुबेतको नेपाली समाज सेवामा सकृय भूमिका समेत निर्बाहा गर्दै आएका पुर्व अध्यक्ष आश बहादुर नेपालीलाई दलित एकता संजाल नेपाल,कुबेतका अभियन्ताहरुले खादा ओढाएर बधाई तथा सुभकामना सहित सम्मान गरेका थिए।

No comments:

Post a Comment