संयुक्त राजनीतिक दलित संघर्ष समितिको अगुवाईमा कारबाहीको माग गर्दै प्रदर्शन

गोपाल बराइली, साउन १९ , विभेद बिरुद्ध अभियान -  अन्तरजातीय विवाह गरेका कारण हत्या गरिएको भनिएका युवकका आफन्तले हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । काभ्रेको पाँचखाल –६, होक्सेका १८ वर्षीय अजित ढकाल मिजारको ३० असारमा धादिङको कुम्पुर गाविसको सुर्के खोला छेउमा शव फेला परेको थियो । सो प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । सो झडपका क्रममा प्रहरीले मृतकका आफन्त रमेश मिजार र कृष्ण मिजारलाई केहीबेर नियन्त्रणमा लिएको थियो । प्रदर्शनलाई रोक्न प्रहरीले लाडीचार्जसमेत गरेको थियो । काभ्रे जिल्लाकै ज्याम्दी –८, ५२ किलो की कल्पना पराजुलीसँग अन्तरजातीय विवाह गरेका  कारण उनको हत्या गरिएको आफन्तको दाबी छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको अगुवाईमा मंगलबार काभ्रेको धुलिखेलमा मृतकका आफन्त र दलित अधिकारकर्मी सहितले प्रदर्शन गरेका हुन् । सो प्रदर्शनमा मृतक आफन्त र विभिन्न गाविसबाट सहभागी भएका थिए । प्रदर्शनका क्रममा उनीहरूले हत्याका संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
धुलिखेल चोकबाट निस्किएको ¥यालीले नगर क्षेत्रको विभिन्न स्थानको परिक्रममा गरेको थियो । ¥यालीपछि आयोजित विरोधसभामा किटानी जाहेर गरिसकेको अवस्थामा पनि प्रशासनले हत्यामा संलग्नलाई पक्राउ नगरेकोमा आपत्ति जनाउँदै आवश्यक परे कडाभन्दा कडा संघर्षमा उत्रने उद्घोष गरेका थिए । जिल्लास्थित संयुक्त राजनीतिक दलित संघर्ष समितिको संयोजनमा भएको सो सभामा समितिका केन्द्रीय स्तरका नेताहरूले अन्तरजातीय विवाह गरेकै आधारमा एक दलित युवक मारिँदा पनि प्रशासनले बेवास्था गरेको आरोप लगाए । सो सभामा संयुक्त राजनीतिक संघर्ष समितिका संयोजक उपेन्द्र छटुन्जेल, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भुहजारा पासवान, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश बिक, पूर्वसभासद्हरू तेजबहादुर मिजार, पर्शुराम रम्तेल, दलित नागरिक समाजका संयोजक मोतिलाल नेपाली, दलित महिला संघ काभ्रेकी अध्यक्ष मैया रोकाय लगायतले तत्काल घटनामा संलग्नलाई कारबाही नगर्नुमा प्रशासनको समेत हात रहेको पाइएको दाबी गरेका थिए ।
यसअघि संयुक्त राजनीतिक दलित संघर्ष समिति र जिल्लाका अगुवाले काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई भेटी अजित मिजारको हत्यामा संलग्न भएका भनिएकाहरूको किटानी जाहेरी हुँदासमेत पक्राउ गरी कानुनी दायरामा नल्याइएकोमा आक्रोश पोखेका थिए ।
बुबा नै आन्दोलनमा 
मंगलबार भएको प्रदर्शनमा प्रदर्शनकारीले ‘अजित मिजार जिन्दावाद, अजित मिजार अमर रहुन्, अजित मिजार जिन्दावाद, हत्यारालाई फाँसी दे, मान्छे मार्न पाइँदैन, दलित आन्दोलन जिन्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नारावाजी गरेका थिए । झन्डै हजार जनाको त्यो भीडमा थिए अजितका बुबा हरिभक्त ढकाल मिजार पनि । उनी त्यसै पनि छोराको मृत्युले ३० असारदेखि पीडादायी जीवन बिताइरहेका छन् । उनी पनि शोकलाई शक्तिमा बदल्न सो प्रदर्शनका सहभागी भएका थिए । उनी पनि हत्यारालाई फाँसी दे, मान्छे मार्न पाइँदैन, दलित आन्दोलन जिन्दावाद’ भन्दै चिच्याइरहेका थिए । उनको उद्देश्य आफ्नो छोराको हत्यामा संलग्नलाई कारबाही भएको हेर्ने थियो । ‘के गर्नु हजुर, मेरो त छोरो पनि मारियो, न्याय पनि पाइएला जस्तो छैन’ उनले कमाण्डर पोष्टसँग भने, ‘सबै प्रमाण हुँदा पनि खै किन प्रशासनले कारबाही गर्दैन, म त अचम्ममा परेको छु ।’ दिनहुँ जसो भइरहेका आन्दोलन हँुदा पनि कारबाही नभएकोमा उनी धेरै दुःखी छन् । २५ असारमा मृतक मिजारले स्थानीय कल्पना पराजुलीसँग विवाह गरेका थिए । तर, २७ गते इलाका प्रहरी कार्यालय पाँचखालबाट उमेर नपुगेको भन्दै जबरजस्ती छुटाइएको थियो । त्यसयता उनका केटी पक्षका आफन्तले फोन गर्दै केटीसँग सम्पर्क नगर्न धम्क्याउँदै आएको मृतकका बुबा हरिभक्त ढकाल मिजारले बताए । २९ असारमा अजित बेपत्ता भएका थिए भने ३० गते उनको शव भेटिएको थियो ।कमान्डर पोस्ट बाट 

No comments:

Post a Comment